मोहन खड्काको “रुने भयो काम सार्वजनिक

एकता न्यूज / भदौ १५, २०७७ - सोमवार


काठमाडाैँ –लोकप्रिय गायक मोहन खड्काको नया गित “रुने भयो काम” सार्वजनिक

केही समय अघि पिठ्युँमा छोरा बोकेर रिक्सा चलाइरहेका अर्जुन बिक अब म्युजिक भिडियोमा देखिन थालेका छन् । श्रीमतीले छोडेर गएपछि छोराको रेखदेख गर्ने अरु कोही नहुँदा आफैँले बोकेर काम गर्नुपरेको बताउने अर्जुनलाई म्युजिक भिडियोमा उतार्ने काम गरेका हुन् पछिल्लो समयका चर्चित गायक मोहन खड्काले।

खड्काले पछिल्लो पटक बजारमा ल्याएको सांगितिक कोसेली ‘रुने भयो काम’ मार्फत् बिकलाई म्युजिक भिडियोमा समावेश गरेका हुन् । यस गीतलाइ  शिव पौडेलले उनै बिकको पारिवारिक घट्ना लाई शब्दमा उतारेका छन्  भने मोहन खड्काले लय सिर्जना गरेका छन् ।गीतमा मोहन खड्का  र कमला पोख्रेलले स्वर रहेको छ ।

मेरी आमा म्युजिक प्रालिले बजारमा ल्याएको  गीतको म्युजिक भिडियोमा बच्चा बोकेर रिक्सा चलाउने अर्जुन बिक र सारिका केसीको  अभिनय देख्न सकिन्छ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोलाई क्यामेरामा कैद गर्ने काम गरेका छन् राजेश घिमिरेले।

 

गीतको भिडियो

Comment from facebook

Top