अमेरिकामा रहेका नेपालीलाई ‘खुसी हुने कला’ विशेष श्रृंखला सञ्चालन गरिने

एकता न्यूज / साउन ८, २०७७ - बिहिबार


जीवनलाई खुसी राख्नका लागि अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी ‘आर्ट अफ ह्यापिनेस’ (खुसी रहने कला) सम्बन्धि अनलाइन ज्ञानधारा सञ्चालन गरिने भएको छ ।

कोरोनाको वहाना तथा अन्य विविध तनावले छट्पटिएको मानव जीवनलाई ध्यानमा राखेर साधक समूहले ‘आर्ट अफ ह्यापिनेस’ शीर्षकमा अमेरिका विशेष श्रृंखलाबाट सञ्चालन गरिने भएको हो ।

संसारभरका नेपालीभाषा अनुरागीहरुबीच ज्ञानको संचार गर्ने उद्देश्य राखी विद्युतीय तरंग जूममार्फत् साउन ११ गते बिहान ७ देखि ९ बजेसम्म ज्ञानधारा सञ्चालन गरिने आयोजकले बताएका छन् ।

प्रमुख वक्ताको रुपमा नेपालबाट दार्शनिक गुरु डा। योगी विकाशानन्द रहने उक्त सृङ्खलामा अमेरिकाबाट एशिया प्रशान्त अमेरिकी मामिला वासिंगटन राज्यका प्रथम नेपाली आयुक्त मोहन गुरुंग विशेष अतिथि र गैरआवासीय नेपाली संघ, अमेरिकाका महासचिव पशुपति पाण्डेको आतिथ्यता रहने जनाइएको छ ।

अतः आउँदो २०७७ साउन ११ गते आईतबार बिहान ७ देखि ९ बजेसम्म प्रत्यक्ष जुममा अथवा साधक समूहको फेसबुक लाईभमा जोडिएर खुशी बन्नेरबनाउने अभियान ‘अनलाईन ज्ञानधारा’ मा सहभागिताका लागि सम्पूर्ण महानुभावलाई स्वागत गरिएको जनाइएको छ

Comment from facebook

Top