प्रवास

नेपाल आईडलका टप थ्री अमेरीकी नेपालीलाई मनोरञ्जन दिँदै

एकता न्यूज | माघ २६, २०७४ - शुक्रबार

टेक्सास – चर्चित रियालिटी शो नेपाल आईडल टप थ्री विजेताहरु यतिबेला अमेरीकामा विभिन्न प्रस्तुती दिईरहेका छन् । बेलायत अष्ट्रेलिया, यूएई लगायतका देशहरुमा कार्यक्रम सकेर नेपाल आईडलका विजेता बुद्ध लामा र फष्ट रनरअप निशान भट्टरार्इ र प्रताप दास अमेरीकाका विभिन्न शहरमा पुगेका हुन् । पछिल्लो समय नेपालीहरुको टेक्सास राज्यमा बाक्लो बसाई भएको टेक्सासका ४ ठाउँ डलास, अष्टिन…

बेलायती सेनाको उच्च पदमा पुगे नेपाली

एकता न्यूज | माघ २१, २०७४ - आइतवार

काठमाडाैं – बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा…

जापानमा भएको सवारी दुर्घटनामा १० नेपाली परे

एकता न्यूज | माघ १७, २०७४ - बुधबार

जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र…

दिल्लीमा बद्रीको मोदीलाई चेतावनी ‘नेपालीको छातीमा टेक्न नखोज’

एकता न्यूज | माघ १३, २०७४ - शनिबार

नयाँदिल्ली – लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले नयाँ दिल्ली पुगेर सिमा नमिच्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् । दिल्लीमा आयोजीत विशाल सभामा उनले यस्तो चेतावनी दिएका हुन् । उनले गीतमार्फत भनेका छन – बिचार गर मोदी जी हेप्न नखोज, नेपालीको छातीमा टेक्न नखोज, हाम्रो देशको सिमाना मिच्न नखोज ।…

अमेरिकामा एक नेपालीको हत्या

एकता न्यूज | माघ ८, २०७४ - सोमवार

वाशिङटन डिसी- अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । 4२०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क…

नेपालका सापकोटाको जापानमा मृत्यू

एकता न्यूज | माघ ४, २०७४ - बिहिबार

टाेकियाे – जापानको इसिखावामा कारको ठक्करबाट नेपाली यूवकको मृत्यु भएको छ । बाग्लुङ नगरपालिका ६ का किरण सापकोटाको कारको ठक्करबाट मृत्यु भएको जापानी संचारमाध्यमले जनाएका छन् । काम सकेर घर फर्कने क्रममा तिव्रगतिमा आएको कारकाे ठक्करबाट मृत्यू भएकाे हाे । दुई वर्ष अघि कुक भिषामा जापान आएका ३० वर्षिय सापकोटा  रेष्टुरेन्टमा कार्यरत थिए । ठक्करपछि नजिकैको अस्पताल…

जापानमा रनिङकप भलिबल प्रतियोगिता हुने

एकता न्यूज | माघ २, २०७४ - मङ्लबार

टोकियो – बाग्लुङबाट जापान आएर विभिन्न पेशामा संलग्न व्यक्तिहरुले सञ्चालन गरेको गल्कोट स्पोर्ट्स क्लब जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको वार्षिकोत्सवको अवसर पारेर चौथो मैत्रीपूर्ण रनिङकप भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लब स्थापना भएदेखि हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यो वर्षको १८ अप्रिलमा टोकियो कामताको ओता–कु स्पोर्ट्स सेन्टरमा हुने गल्कोट…

भारतीय जेलमा कति छन् नेपाली

एकता न्यूज | माघ २, २०७४ - मङ्लबार

नयाँदिल्ली – भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ। दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए। दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो। ‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि…

नेपाली युवा बैज्ञानिक संलग्न टोलीले इबोला भाईरसको औषधी पत्ता लगाए

एकता न्यूज | माघ १, २०७४ - सोमवार

अमेरिका– अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित  antiviral research जर्नल मा प्रकाशित भएको छ । यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको…

सुष्मा स्वराजले थाहा दिईन ‘नेपाली महिला केन्यामा बेचिन्छन’

एकता न्यूज | पुस २१, २०७४ - शुक्रबार

काठमाडौँ – अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट गरेपछि यो…

इजरायलमा काम गर्ने चितवनबासीले दिए क्यान्सर पीडित गुरुङलाई सहयोग

एकता न्यूज | पुस १७, २०७४ - सोमवार

चितवन – भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ । चितवन समाज इजरायलद्वारा संकलित रु एक लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो । चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन…

२६ वर्षे नेपाली यूवा भारतका ‘परमाणु वैज्ञानिक’

एकता न्यूज | पुस १४, २०७४ - शुक्रबार

झापा – नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा…

अमेरिका छिर्ने नेपालीका दुःख, सुन्दापनि अत्यास लाग्छन्

एकता न्यूज | मंसिर २०, २०७४ - बुधबार

अमेरिका –  नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका…

अबुधावीका युवराजले गरे नेपाली कामदारको प्रशंसा

एकता न्यूज | कार्तिक २९, २०७४ - बुधबार

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् । यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका हुन् । ‘यहाँ नेपाली कामदारले इमान्दार र मेहनती व्यक्तिको रुपमा परिचय बनाएका…

१९ पेशामा साउदीले विदेशी कामदार नलिने, अब नेपालीले के गर्ने ?

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

साउदी – साउदी अरबले अर्को वर्षदेखि १९ पेशामा आप्रवासी कामदार नलिने भएको छ । यसले नेपालीहरु पनि प्रभावित हुनेछन् ।  साउदी सरकारले तोकेका विभिन्न १९ पेसामा कार्यरत आप्रवासी कामदारहरुको इकामा २०१८ बाट नविकरण र पेशा (जब क्याटगोरी) परिवर्तन नहुने साउदी गजेटमा प्रकाशित समाचारमा उल्लेख छ । अब एकाउण्टेन्ट, सेक्यूरेटी, म्यानेजर, सेल्सम्यान, सेल्स म्यानेजर, अफिस म्यानेजर, फ्रस्ट एकाउण्टेन्ट,…

Top