राजनीति

२० सन्तान जन्माउने आमाका छोरा साँसद, दुवै खुट्टा अपाङ्गता भएकाले युद्ध लडे, चुनाव जिते

एकता न्यूज | मंसिर २९, २०७४ - शुक्रबार

कालिकोट- राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको गुनासो बढीहरेको बेला दुर्गम जिल्ला कालिकोटबाट दुबै खुट्टाको जन्मजात अपांग भएका व्यक्ति प्रतिनिधीसभा सदस्य निर्वाचित भएका छन् ।  तिला गुफा नगरपालिका ७ का दुर्ग बहादुर रावत प्रतिनिधीसभामा निर्वाचित भएका हुन् । बाम गठबन्धनका उम्मेदवार रावत माओवादी केन्द्रका पोलिटब्यूरो सदसय तथा कालिकोट जिल्ला ईन्चार्ज समेत हुन् । २०२३…

मतगणनामा कुन मतपत्र पहिले गनिन्छ ?

एकता न्यूज | मंसिर २०, २०७४ - बुधबार

बागलुङ  – पहिलो चरणको निर्वाचन सकिए पनि मत पेटिकाहरु अझै खोलिएको छैन । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि बल्ल मत पेटिका खोल्ने तयारी गरेको छ । दोस्रो चरणको निर्वाचन सकिएपछि देशभर मतगणना त शुरु हुने छ, तर कसरी ?  निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचन आयोगमा गरिएको पत्रकार सम्मेलनमा २१ गतेको निर्वाचन सम्पन्न भएसँगै मतगणना…

उम्मेदवार र दलका प्रतिनिधीले मतपत्र छुन नपाउने, सीसीटीभीबाट निगरानी

एकता न्यूज | मंसिर २०, २०७४ - बुधबार

नुवाकोट – कोठाको चारैतिर सीसी टिभी । बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ । कोठाको बीचमा तारजालीको पर्खाल । बिहीबार (भोलि) साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही आश्चर्य लाग्छ । मत गणनाका लागि उम्मेदवार र दलका प्रतिनिधिलाई अविश्वास गरिएको प्रस्टै थाहा हुन्छ । जिल्लाको दुई प्रतिनिधसभा…

कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं

एकता न्यूज | मंसिर १७, २०७४ - आइतवार

काठमाडौ – नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरे । दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिट मध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ…

‘५० साल तक वाम गठबन्धनको कोही हरा नहीँ सक्ता’ – प्रचण्ड

एकता न्यूज | मंसिर १६, २०७४ - शनिबार

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको स्थायी सरकार निर्माण भएमा आगामी ५० वर्षसम्म गठबन्धनलाई कसैले हराउन नसक्ने बताएका छन्। आफूहरुको नेतृत्वमा ५ वर्षे स्थायी सरकार निर्माण गरी सरकार सञ्चालन गर्ने अवसर पाएमा आगामी ५० वर्ष वाम गठबन्धनलाई कसैले पराजित गर्न नसक्ने बताए। कपिलवस्तु क्षेत्र नम्बर १ को बर्रोहियामा शनिबार वाम…

चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता

एकता न्यूज | मंसिर ८, २०७४ - शुक्रबार

डोटी, –केशवचन्द्र महरा  (रासस) गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन् । बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिनुभयो । निर्वाचनबारे जानकार उहाँ मतदान गर्ने इच्छै…

भोट हाल्नुस् नहाल्नुस् तपाईंको खुसी, बाटो पीच हुन्छ

एकता न्यूज | कार्तिक ३०, २०७४ - बिहिबार

ललितपुर – छोटो कपाल काटेकी, रातो ज्याकेट र पाईण्ट लगाएकी एक मोटी मोटी महिला बाटो होस् वा घर, जहाँ महिला भेटिन्थे, अंकमाल गरिहाल्थिन्। पुरुषलाई देख्नेवित्तिकै नमस्कार गरेर हात मिलाउँछिन । तर दुवैसँग भोट भाग्न भने विर्षन्निन् । भोट मागेपछि उनी फटाफट अगाडी बढ्छिन तर उनीसँगै हिँडेको एक हुल उनी अर्को ठाउँमा पुगेर भोट माग्न थालेपछि…

पानपसल अगाडी मन्त्रीको सलामी, बीच सडकमा जनता रमिते

एकता न्यूज | कार्तिक २९, २०७४ - बुधबार

काठमाडौं – नेताहरु किन मन्त्री बन्न खोज्छन् ?  किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ। यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्। औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ।…

चुनावपछि २ नम्बरमा मधेस सरकार

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

सप्तरी – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेस गठबन्धनले दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भएलगतै प्रदेश दुईलाई मधेस प्रदेश घोषणा गर्ने बताए । स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले…

बम आक्रमण पछि शेरधनको भनाई : त्यो एम्बुस थिएन, बम नै हो

मनोज भुजेल | कार्तिक २८, २०७४ - मङ्लबार

भोजपुर – म निर्धारित कार्यक्रम अनुसार टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थिएँ । हाम्रो कार्यक्रम आज दिउँसो १२ बजे गोगने भन्ने ठाउँमा थियो । त्यही कार्यक्रममा जाँदै गर्दा हामी दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ । त्यहाँ माओवादी केन्द्रका नेताहरु चढ्नुभएको गाडी १५ मिनेट अगाडी पास भएको…

बाम गठबन्धनको बिजयी शुरुवात सिराहाबाट

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

लहान – जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा ९एमाले०का सरोजकुमार यादव विजयी भएका छन् । समन्वय समितिको संयोजक र सहसंयोजकमा…

दिपकुमारले भारतिय पैसाको दुरुपयोग गरेपछि निर्वाचन आयोगको चेतावनी

एकता न्यूज | कार्तिक २७, २०७४ - सोमवार

कपिलवस्तु – भारतले नेपालमा नाकाबन्दी गरेको हैन भनेर घोषणा गरेपछि भारतको प्रिय पात्र बनेका पूर्व राजदुत दिपकुमार उपाध्यायले कपिलबस्तुमा भारतीय पैसाको दुरुपयोग गरेका छन् । भारतबाट लिएर आएको रकमको दुरुपयोग गर्दै उनले सार्वजनिक स्थलमा ठूला ठूला होडिङ्गबोर्ड राखेपछि निर्वाचन आयोगमा उजुरी परेको छ । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका…

अब गुल्मीका सबै घरमा टिनका छाना, सबैका आँगनमा पानीका धारा (भिडियो सहित)

एकता न्यूज | कार्तिक २७, २०७४ - सोमवार

  गुल्मी – नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले अव गुल्मी जिल्लामा खरका छाना देख्नु नपर्ने बताएका छन् । केही वर्षमा गुल्मीका हरेक घरका खरका छाना हटाएर टिनका छाना लगाउने आफ्नो योजना रहेकोले अव खरका सबै जनताका घरका खरका छाना हटाईने उनको भनाई छ । आसन्न निर्वाचनमा गुल्मी २ नम्बर क्षेत्रबाट प्रतिनिधीसभा उम्मेदवार समेत रहेका…

यसरी लखेटे रामशरणलाई कार्यकर्ताले (हेर्नुहोस भिडियो)

एकता न्यूज | कार्तिक २५, २०७४ - शनिबार

ककनी गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता समेत रहेका डा. रामशरण महतमाथि मञ्चमै आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीको साहयतामा बाहिर निकालिएको थियो । स्थानीयबासी समेत रहेका प्रत्यक्षदर्शी पत्रकार समीर बलामीले आफ्नो मोवाईलमा सोको दृष्य कैद गरेका थिए । महतलाई आक्रोशित कांग्रेस कार्यकर्ताले नै आक्रमण प्रयास गरेको बताइएको छ ।

निर्वाचनपछि स्थिर सरकार – प्रचण्ड

एकता न्यूज | कार्तिक २५, २०७४ - शनिबार

रत्ननगर – पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम गर्ने बताएका छन् । निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले देशमा स्थीरता ल्याउने उनको भनाई छ । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष दाहालले शनिबार पश्चिम चितवनको शिवनगरमा भएको चुनावी…

Top