समाचार

दसैँमा गुल्मी घुम्दै हुनुहुन्छ ? नछुटाउनुस यी ठाउँ

हुमाकान्त पोखरेल | असोज ३०, २०७५ - मङ्लबार

गुल्मी । दसैँ मनाउने तरिका फरक–फरक छन् । कसैले खानपिनलाई खसैँ मान्छन् त कतिले घुमघामलाई दसैँ मानेका हुन्छन् । रोजगारिको शिलशिलामा होस् वा अन्य कारणले गाउँभन्दा बाहिर रहेकाहरुका लागि दसैँ घुम्ने अवसर हो । आफन्तकोमा दसैँ मान्न गएकाहरु पनि घुम्न पाउनेछन् । यदि तपाई गुल्मी हुनुहुन्छ, र कहाँ घुम्ने भनेर ठाउँ भेटाउनुभएको छैन भनेपनि चिन्ता…

जिल्ला प्रशासनद्धारा घरेलु मदिरा बरामद

भरत चन्द | असोज २६, २०७५ - शुक्रबार

गुल्मी । मालिका गाउँपालिकाको फूलवारी, सिमलटारी र मदाने गाउँपालिकाको पुर्कोट दहको बजार अुनगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत लक्षमण प्रसाद पाण्डेको नेतृत्वमा गएको प्रहरी सहितको टोलिले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा २०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने सामान जफत गगरिएको छ । भने तीन लाख बराबरको…

सीआइएन् को अभियानमा गुल्मीका स्काईकर्मी पोखरेल प्रथम

एकता न्यूज | भदौ ५, २०७५ - मङ्लबार

गुल्मी । नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सकृय सामुदायिक रेडियोमध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् । बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियोकर्मीहरुलाई नगद पुरस्कार प्रदान गरिएको हो । जसमा सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेलले ११ हजार राशिको प्रथम पुरस्कार प्राप्त गरेका छन्…

गुल्मीमा पनि मनाइयो, राष्ट्रिय युवा दिवस

हुमाकान्त पोखरेल | साउन २७, २०७५ - आइतवार

गुल्मी । आज राष्ट्रिय युवा दिवस । युवाहरुको पक्षमा काम गर्न प्रत्येक बर्षको जनावरी १८ अर्थात साउन २७ गते अन्तराष्ट्रिय रुपमा युवा दिवस मनाउने गरिन्छ । गुल्मीमा पनि जिल्ला युवा समिति र रेसुङ्गा नगरपालिकाको संयुक्त आयोजनामा युवा दिवस मनाइएको छ । कार्यक्रममा देशमा विद्यमान रोजगारीलाई नै मुख्य केन्द्रबिन्दुमा राखिएको थियो । समिति अध्यक्ष राजेन्द्र विक्रम…

गुल्मीमा २०७४ सालको एस्.ई.ई.मा महेन्द्र नमुना मावि उत्कृष्ठ

हुमाकान्त पोखरेल | साउन २, २०७५ - बुधबार

गुल्मी । गुल्मीमा २०७४ सालको एस्.ई.ई. परिक्षाफलमा सामुदायिक विद्यालयतर्फ तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालय उत्कृष्ठ भएको छ । परिक्षामा न्यूनतम ५० विद्यार्थी सहभागि हुनुपर्ने, परिक्षाफल उत्कृष्ठ हुनुपर्ने, विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय लगायतका मापदण्डको आधारमा विद्यालय जिल्लामै उत्कृष्ठ भएको हो । शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाका सबै विद्यालयहरुको परिक्षाफलको फारम ५ नम्बर प्रदेशको सामाजिक विकास…

यसरी हुँदैछ लामिछानेको ‘देवत्वकरण’ र ‘अपराधीकरण’

एकता न्यूज | असार ७, २०७५ - बिहिबार

समाचार टिप्पणी काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेबारे सोसियल मिडियामा ‘देवत्वकरण’ र ‘अपराधीकरण’ को सिलसिला सुरु भएको छ । प्रेस काउन्सिलमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य लगायतका धेरै वक्ताहरुले रवि लामिछानेको खुलेरै आलोचना गरे । त्यहाँ केही सरकारी कागजात पनि देखाइयो, जसमा लामिछानेले गरिरहेको कार्यलाई…

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

एकता न्यूज | असार ६, २०७५ - बुधबार

  रोल्पा –  दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल…

धुर्कोटमा एकैदिन ४० लाखको श्रमदानबाट दुई सय पोखरी निर्माण

हुमाकान्त पोखरेल | जेष्ठ २३, २०७५ - बुधबार

गुल्मी । धुर्कोट गाउँपालिकामा एकैदिन ४० लाखको जनश्रमदानबाट एक सय ८६ वटा पोखरी निर्माण गरिएको छ । मंगलबार विश्व वातावरण दिवसको अवसरमा सो पोखरी निर्माण गरिएको हो । जनप्रतिनिधि, विद्यार्र्थी, शिक्षक, कर्मचारी, टोल संरक्षण समिति, आमा समूह लगायत गरी छ हजारले श्रमदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए । जसअन्तरगत वार्ड नम्बर…

धुर्कोटमा ल्याब सेवा संचालन

हुमाकान्त पोखरेल | जेष्ठ ४, २०७५ - शुक्रबार

गुल्मी । धुर्कोट रजस्थल स्वास्थ्य केन्द्र धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थल गुल्मीमा ल्याब सेवा संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई सदरमुकाम तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ंउक्त ल्याब सेवाले रजस्थलसँगै वाग्ला, वस्तु, जैसिथोक, हाडहाडे, पिपलधारा, मदाने गाउँपालिकाको भनभने,…

घरमै बसेर लाखौ आम्दानी

हुमाकान्त पोखरेल | बैशाख ३०, २०७५ - आइतवार

गुल्मी । रेसुङ्गा नगरपालिका ७ कुँडापानीका ३२ बर्षिया शम्भु पाण्डे रोजगारिको लागि ११ बर्षसम्म दुबईमा बसे । त्यहाँ उनले कृषिसम्बन्धि काम गर्दथे । आम्दानी पनि राम्रै हुन्थ्यो । तर उनी एकपटक घर आए । त्यसपछि विदेश फर्कन मन लागेन । उनले गाई पाल्न थाले । पाण्डे आजकाल गाईको स्याहार गर्न र दुध बेच्नमै ब्यस्त देखिनुहुन्छ…

धुर्कोटकी युवती एक महिनादेखि वेपत्ता,खोजि गरिदिन आग्रह

हुमाकान्त पोखरेल | बैशाख ९, २०७५ - आइतवार

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाकी एक यवती एक महिनादेखि वेपत्ता भएकी छिन् । धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोक बर्बोट निवासी ३२ बर्षिया सुनिता पाण्डे खनाल चैत १० गतेदेखि घरबाट हराएको उनका श्रीमान रामु खनालले बताए । निलो सट र टाउकोमा रुमाल लगाएकी खनाल करिब पाचँ फिट उचाईकी छिन् । गोलो बर्ण र गहुँगोरो अनुहार…

रेसुङ्गा क्षेत्रको आगो नियन्त्रणबाहिर

हुमाकान्त पोखरेल | फाल्गुन २९, २०७४ - मङ्लबार

गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गा क्षेत्रमा भीषण आगलागी भएको छ । रेसुङ्गा नगरपालिका १४ पराल्मीको फुलबारी सामुदायिक वनबाट शुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साँझ ५ बजेबाट लागेको आगो अहिले भाडगाउँ तर्फ फैलिएको छ । जसका कारण एक सय ५० बढि गाई भएको…

विमान दुर्घटना : यसो भन्छन् एरपोर्टमा गाडी चलाउने चालक

एकता न्यूज | फाल्गुन २९, २०७४ - मङ्लबार

सिजन बयम्बु, प्रत्यक्षदर्शी म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैँ लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ । जहाज डोमेस्टिक…

छत्रकोटलाई ‘शून्यहोम डेलिभरी’ बनाइँदै

एकता न्यूज | फाल्गुन २०, २०७४ - आइतवार

गंगा खड्का अशिक्षा, गरिवीका कारण छत्रकोट गाउँपालिका अन्तर्गतका धेरै आमाहरुले घरमै सन्तान जन्माए । दलित र जनजातीहरुको बाहुल्यता रहेको उक्त गाउँपालिकाका केही गाउँहरुमा अझैपनि महिलाहरु घरमै सुत्केरी हुने गरेका छन् । दुर्गमका गाउँहरुका गर्भवतीहरु आमाहरुले नियमित रुपमा आफ्नो जाँचसमेत गराउदैनन् । पछिल्ला केहीवर्षदेखि अस्पतालमा गएर गर्भजाँच गराउने र सुत्केरी हुने क्रम विस्तारै बृद्धिहुँदै गएपनि अपेक्षाकृत…

सुरक्षित महिनावारी अभियन्ता खड्का सम्मानित

एकता न्यूज | फाल्गुन १२, २०७४ - शनिबार

गुल्मी ः सुरक्षित महिनावारीको अभियानमा लामो समयदेखि क्रियाशिल गुल्मीकी गंगा खड्का सम्मानित भएकी छन् । महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय इस्मा गाउँपालिका घोषणा कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको हो । गाउँपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा गर्न र देशभर अभियान मार्फत सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको…

Top