विश्व

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट

एकता न्यूज | मंसिर १६, २०७४ - शनिबार

काठमाडौं – इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय…

उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

एकता न्यूज | मंसिर १३, २०७४ - बुधबार

उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।   सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो…

रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्ने सहमति

एकता न्यूज | मंसिर ७, २०७४ - बिहिबार

याङगुन, बङ्गलादेश,  (रासस÷सिन्ह्वा) ः बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले बिहीबार जनाएको छ । विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरुप दुई महिनाभित्र पहल शुरु गर्ने…

१८ देशको चुनावमा ह्याक भएको खुलासा

एकता न्यूज | मंसिर १, २०७४ - शुक्रबार

बीबीसी – गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न १८ देशका चुनाव प्रभावित भएको देखाएको छ । सरकार, ह्याकिङ सफ्टवेयर अर्थात् बट्स तथा विचार निर्माताहरुबाट अनलाइन डिस्कोर्स कसरी प्रभावित हुन्छ भन्ने…

विश्व प्रेस काउन्सिलको सचिवालय नेपालमा

एकता न्यूज | कार्तिक ३०, २०७४ - बिहिबार

काठमाडौं – विश्व प्रेस काउन्सिलको सचिवालय कार्यालय नेपालमा रहने भएको छ। भारतको राजधानी नयाँदिल्लीमा भएको विश्व प्रेस काउन्सिलको बैठकले यो निर्णय गरेको हो। विश्व प्रेस काउन्सिलमा नेपालको तर्फबाट पनि प्रतिनिधित्व छ। प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको बरिष्ठ उपाध्यक्ष छन्। नयाँदिल्ली बैठक श्रेष्ठकै अध्यक्षतामा भएको थियो।

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, ४ को मृत्यु

एकता न्यूज | कार्तिक २९, २०७४ - बुधबार

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् । वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर…

जिम्बाब्बेको राष्ट्रिय प्रसारण सेनाले नियन्त्रणमा लियो

एकता न्यूज | कार्तिक २९, २०७४ - बुधबार

हरारे – जिम्बावेमा राजनीतिक संकट चुलिएको बेला सेनाले जिम्बाब्बे नेशनल ब्रोडकास्टर (जेडबीसी)को केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको छ । जेडबीसी जिम्बाब्बेको राष्ट्रिय प्रसारण हो र यसअन्तर्गत टेलिभिजन, अनलाइन, एफएम लगायत सरकारी सञ्चार माध्यमहरु छन् । राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिनुलाई सेनाले ‘कू’ गर्ने पूर्व संकेतको रुपमा अर्थ्याइएको छ । जिम्बाब्बेको राजधानी हरारेमा सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन्…

ट्रम्पलाई औँला देखाउँदा जागिर गुमाएकी महिलालार्इ ७० हजार डलर सहयोग संकलन

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाएवापत् जागिर गुमाएकी एक अमेरिकी महिलाका लागि ७० हजार डलरभन्दा बढीको सहयोग राशी जम्मा भएको छ। साइकलमा सवार जुली ब्रिस्कम्यानले अक्टोबर २८ का दिन भर्जिनियामा गल्फ खेलेर ह्वाइट हाउस फर्किँदै गरेका ट्रम्पको मोटरकेडलाई माझी औँला देखाएकी थिइन्। त्यसको तीन दिनपछि ५० वर्षीया ब्रिस्कलाई कम्पनीले बर्खास्त गरेको थियो। …

भाग्दा भाग्दै आफ्नै सिपाहीलाई ४० गोली दाग्यो उत्तर कोरीयाले

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

एजेन्सी – सीमाना पार गरी दक्षिण कोरियातिर भागेका एक उत्तर कोरियाली सिपाहीलाई कम्तीमा पाँच गोली लागेको बताइएको छ। ती सिपाहीको अवस्था चिन्ताजनक रहेको दक्षिण कोरियाले जनाएको छ। सोमबार पानमुन्जोमस्थित डिमिलिटराइज्ड जोनबाट भाग्ने क्रममा उत्तर कोरियाली सैनिकले ती सिपाहीलाई गोली हानेका थिए। गाडीमा दक्षिण कोरियातिर भागेका ती सिपाही गाडीको पांग्रा खुस्केपछि दौडिन थालेका थिए। त्यतिञ्जेलमा उत्तर…

इरान र इराकको सीमामा भूकम्प, १३३ को मृत्यू

एकता न्यूज | कार्तिक २७, २०७४ - सोमवार

काठमाडाैं – इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ । ३ सय जना घाइते भएका छन् । ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट इरानका १४ राज्य प्रभावित भएका छन् ।  अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हलबजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको…

इराकमा ४ सय जनाको सामुहिक चिहान फेला, १५ हजार सम्म चिहानभित्र हुन सक्ने

एकता न्यूज | कार्तिक २६, २०७४ - आइतवार

बगदाद –  इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । सन् २०१३ देखि इस्लामिक स्टेट (आईएस) लडाकुको नियन्त्रणमा रहेको हबिजा शहर गत महिना इराकी सेनाले फिर्ता गराएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले बीबीसीलाई भनेका छन्, ‘शहरको बाहिर हवाइ आधार क्षेत्रमा सामुहिक चिहान फेला परेको हो । हबिजा मानिस मार्ने…

बिरामी बचाउने जिम्मा पाएका नर्सले लिए एक सय जनाको ज्यान

एकता न्यूज | कार्तिक २४, २०७४ - शुक्रबार

म्युनिख – स्वास्थ्य सेवासँग जोडिएको नर्सजस्तो कोही व्यक्ति, जसको काम मानिसहरुको ज्यान जोगाउनु हो, उसलै मानिसको ज्यान कसरी लिन सक्छ ? त्यो पनि एक सय जना ! तर, जर्मनीकी यी पूर्व नर्सका बारेमा भने यो अपवादको रुपमा लागु भएको छ । अभियोग लगाउने पक्षको भनाई छ कि, ‘टाक्सिकोलोजी टेस्टमा संकेतहरु मिलेका छन् कि नर्स निल्स…

हेलिकोप्टर दुर्घटनामा राजकुमारको मृत्यु

एकता न्यूज | कार्तिक २०, २०७४ - सोमवार

काठमाडौं – साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि…

चर्चभित्र गोली चल्दा अमेरीकामा २७ को मृत्यु

एकता न्यूज | कार्तिक २०, २०७४ - सोमवार

टेक्सास – अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा  प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३० वर्षको गोरो युवकले बिहान साढे…

अनलाईन मालिकले बिल गेट्सलाई पनि जिते, ९० अर्ब ६० करोड कमाई

एकता न्यूज | कार्तिक ११, २०७४ - शनिबार

अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ ।

Top