इलाममा जस्तै नमुना जोडी गुल्मीमा पनि (भिडियो सहित)

एकता न्यूज / मंसिर १२, २०७६ - बिहिबार


विगत ८ बर्ष अगाडी गाउँमा मकरे भनेर चिनिने लालबहादुर बिकले एउटी बाहुनी युवतीसँग भागेर बिहे गरेका थिए । गुल्मी जिल्ला इस्मा गाउँपालिकाका मकरेको त्यतिबेलाको उमेर ६० बर्ष थियो भने युवतीको उमेर २८ बर्ष । फरक जात भएपनि माया बसेपछि बिहे गरेको उनीहरु बताउँछन् । हाल उनीहरुका २ सन्तान जन्मिसकेका छन् । श्रीमान बृद्ध भइसकेका छन् भने श्रीमती अपाङ्ग छन् । उनीहरुबिचमा धेरैनै माया प्रेम छ । मकरेले भने, ‘उनले मलाई धेरै माया गर्छिन्, मैले नखाएसम्म खाँदिनन् ।’ दुबैले त्यति धेरै काम गर्न सक्दैनन्, सामाजिक सुरक्षा भत्ताले जेनतेन उनीहरुको खर्च चलिरहेको छ । तरपनि उनीहरु सन्तुष्ट देखिन्छन् ।

यहि अनौठो दम्पतीसँग गरिएको थप कुराकानीको लागी तलको भिडियो हेर्नुहोला ।

 

Comment from facebook

Top