भाइरल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक, सबै चर्चित कलाकार भिडियोमा (भिडियो सहित)

एकता न्यूज / कार्तिक २८, २०७६ - बिहिबार


युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ । कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन । अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए ।

सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए । कमला घिमिरेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन् । चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुले नृत्य समेत गरेका छन । शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन् । भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन । भिडियो अहिले निकै भाइरल भएको छ ।
हेर्नुहोस् भिडियो

 

Comment from facebook

Top