क्यामेरा बोकेर लिपुलेक जान पत्रकारलाई कृष्ण कँडेलको आग्रह (भिडियो सहित)

एकता न्यूज / कार्तिक २७, २०७६ - बुधबार


काठमाडौ । चर्चित टेलिभिजन कार्यक्रम इन्द्रणीका प्रस्तोता कृष्ण कँडेलले भारतले नेपालको सिमाना मिचेकोमा आक्रोस पोखेका छन् । बुधबार रिपोर्टस क्लबमा भएको गायिका कमला घिमिरेको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले अब सबै पत्रकार आ आफ्ना क्यामेरा बोकेर एकपटक लिपुलेक पुग्नुपर्ने बताएका छन् ।

बिगतका पुर्खाहरुको योगदान स्मरण गर्दै उनी भन्छन्, ‘अमरसिंह थापा, बलभद्र कुँबर ममर्दा उनीहरुको सान थियो । आज हामी मर्दा अपमान हुने भयो । ’ यसका साथै कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए । नेपाली समाजप्रती व्यङ्ग्य गर्दै उनले यो देश पहिला उचाल्ने र पछि थचार्ने रहेको बताउँछन् ।

थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

Comment from facebook

Top