सिमा बिबादको बारेमा अर्जुन क्षेत्रीको भविष्यवाणी मिल्यो, अब नेपालमा यस्तो हुने (भिडियो सहित)

एकता न्यूज / कार्तिक २४, २०७६ - आइतवार


पछिल्लो समय भविष्यवाणी गर्दै चर्चामा आएका ज्योतिष अर्जुन क्षेत्रीले आजभन्दा ७ महिना अगाडी एउटा अनलाई टेलिभिजनमार्फत् भनेका थिए, ‘ २०७६ साल भनेको नेपालको लागी अभिशाप हो । सन् २०१९ को नोभेम्बर सम्म नेपालमा शनिको प्रतिकुल प्रभाव पर्छ । यसकारण नेपालको दक्षिण पश्चिम क्षेत्रमा भारतिय दबाब पर्न सक्छ ।’

उनले ७ महिनाअगाडी गरेको यो भविष्यवाणी अहिले सत्य सावित भएको छ । नेपालले आफ्नो भनेर दाबी गर्दै आएको लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समाबेश गरेको छ । जुन नेपालको लागी चिन्ताको बिषय हो । यसै प्रसङ्गमा उनै ज्योतिष अर्जुन क्षेत्रीले आफ्नो धारणा व्यक्त गरेका छन् । ‘भारत र चिन अथवा भारत पाकिस्तानको सिमानामा गएर भारतको सुरक्षा गर्ने काम नेपालीले नै गरेको छ भन्ने कुरा भारतले बुझ्नु पर्छ’, उनले भने ।

आफुले नेपालमा आइपर्ने सबै संकटलाई पहिले देखि नै फेसबुक वा मिडिया मार्फत जानकारी दिँदै आएको बताउँदै आफ्नो योगदानलाई सरोकारवालाहरुले चासो नदिएको बताउँछन् । यसका साथै उनले प्रधानमन्त्री केपी वलीको स्वास्थ्यलाई लिएर गरेको भविष्यवाणी पनि अहिले सत्य सावित भएको छ ।

थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

 

Comment from facebook

Top