सारङ्गीले धानेको बिक्रमको जीवन (भिडियो )

एकता न्यूज / कार्तिक २१, २०७६ - बिहिबार


बिक्रम गन्धर्व पशुपतीनाथको मन्दिरको पारिपट्टि दिनहुँ सारङ्गी रेटिरहन्छन् । हातमा एउटा सानो सारङ्गी लिएर दिनहुँजसो मन्दिर परिसर वरपर बस्छन् र केही पैसाको जोहो गर्ने आशाले सारङ्गी बजाउँछन् । केही बर्ष पहिले बनेपामा १२ सयमा किनेको सारङ्गी उनको कमाई खाने भाँडो बनेको छ । घरको आर्थिक अवस्था कम भएका उनले पशुपतिमा आएर सारङ्गी बजाएर पैसा कमाउने गर्छन् । उमेरले ४० काटेका गन्धर्व पशुपतिमा आएका पर्यटकहरुलाई सारङ्गीको धुन सुनाउँन्, उनको सारङ्गीको धुनलाई मन पराउने कत्तिले पैसा दिन्छन्, कतिपय सुुनेर यत्तिकै पैसा नदिइ जान्छन् । त्यहि पैसाले उनको घरधन्दा चल्छ । दिनहुँ सारङ्गी बजाउनु उनको पेशा नै बनेको छ । उनको दैनिकी सारङ्गी रेटेरै व्यतित हुन्छ । उनका बाबुआमा उनी सानै छँदा बितिसके ।

अहिले घरमा श्रीमती बितिसके घरमा छोरा, भाई र बुहारी मात्रै छन् । परिवारका अन्य सदस्य पनि यसै पेशामा आवद्ध छन् । उनी यत्रतत्र डुलेर सारङ्गी बजाउन सक्दैनन् । यसकारण प्रायजसो एकै ठाँउमा बसेर बजाइरहन्छन् । केही बर्ष पहिले जात्रामा भिडमा परि उनको खुट्टा भाँचिएको थियो । यसले उनलाई अझ ठुलो समस्या परेको छ । पहिले कार्यक्रममा समेत गएर सारङ्गी बजाउने गरेका उनले आफ्नो अस्वस्थताको कारणले गर्दा त्यसो गर्न नपाएको बताउँछन् । दिनभर पशुपतिमा बसेर सारङ्गी बजाइरहँदा कसैले मन पराएर एकछिन उभिएर सुन्छन् । कोहि वास्ता नगरी जान्छन् ।

कतिपयले राम्रो रैछ भन्दै पैसा दिन्छन् । अझ बढी उनको सारङ्गीका स्रोता विदेशी पर्यटक हुने गर्छन् । उनी विदेशी पर्यटकलाई सारङ्गी सुनाएरै पैसा कमाउँछन् । तर सारङ्गी बजाएर सुनाएका सबै पर्यटकले पैसा दिँदैनन् । कतिपयले छैन भनेर नदिने गरेको उनी गुनासो गर्छन् । सारङ्गी बजाएर दैनिक २ सय देखि ५ सयसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।(भिडियो )

 

Comment from facebook

Top