प्रकाश सपुत आफ्नो क्रेज देखेर आफै छक्क (भिडियो सहित)

एकता न्यूज / कार्तिक ८, २०७६ - शुक्रबार


शंकर पोखरेल

गुल्मी – आफ्नो क्रेज देखेर प्रकाश सपुत आफै छक्क संगीतप्रेमीहरुका लागी प्रकाश सपुत कुनै नौलो नाम हैन । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’ लगायतका गीतले उनी चर्चाको शिखरमा पुगे । उनी नेपालीमाफ एउटा अब्बल संगीतकर्मीको दर्जा स्थापीत गर्न पनि सफल छन् । त्यतिमात्रै हैन उनले करोडौँ फ्यान फलोअर्स पनि बनाइसकेका छन् । देश तथा विदेशमा हुने विभिन्न साँगीतिक कार्यक्रममा उनको माग भइनै रहन्छ । जहाँ उनी जान्छन्, उनका गीतसँगै उनीसँग झुम्मिने मानिसपनि बढी नै हुन्छन् । यस्तै उनको क्रेज गुल्मीको वामिटक्सारमा पाइयो । हजारौँ दर्शकमाझ उनले त्यहाँ आफ्नो प्रस्तुती दिए । वामी यूथ क्लवले आयोजना गरेको उक्त कार्यक्रममा उनीसँगै धेरैले गीत गाए । उनको स्वरमा स्वर मिलाएर उनलाई धेरैले साथ दिए । उनी स्वयं छक्क पर्नेगरी दर्शकको माया, साथ तथा पाए ।

Comment from facebook

Top