अब चिन्ता नगर्नुहोस् पानीबाटै चल्छ गाडी (भिडियो सहित)

एकता न्यूज / कार्तिक ७, २०७६ - बिहिबार


शंकर पोखरेल

बुटवल- बुटवलका एक युवाले पानीबाट गाडी चलाउन सकिने उपकरण बनाएर सबैलाई चकित पारेका छन् । बुटबलका शिशिर जिशीले पेट्रोलियम पदार्थको खपत गर्ने उद्देश्यले यस्तो उपकरण निर्माण गरेका छन् । उनले जिसी रिसर्च एण्ड डेभलपमेन्ट नामक संस्था स्थापना गरि ३/ ४ बर्षको अनुसन्धान पश्चात यो उपकरण बनाउन सफल भएका हुन् ।

विभिन्न गाडीमा एउटा उपकरण जडान गरिन्छ जसमा पानी राखिन्छ, पानी ग्यासमा परिणत हुन्छ र त्यो ग्याँस गएर इन्जिन अगाडी ग्यास र पेट्रोल मिसिन्छ । यसले इन्जिन सन्चालन गर्छ । यसमा पानीले मात्रै गाडी सन्चालन नभई ६० प्रतिशत पेट्रोल वा डिजल र ४० प्रतिशत पानीले गाडी चल्छ ।

‘२०७२ सालको नाकाबन्दीको कारण पेट्रोलीयम पदार्थको अभाव भएपछि देशको लागी मैले केही गर्नुपर्छ भन्ने लाग्यो र यस काममा लागेँ ।’ उनले भने, समयमै पेट्रोल नपाइने, पेट्रोल लिँदा लामो लाइन बस्नुपर्ने समस्या समाधान गर्नको लागी ३/ ४ बर्ष रिसर्च पश्चात यो उपकरण बनाउन सफल भएको छु ।’

यस उपकरण जडान गरेपछि हुने फाइदाबारे बताउँदै उनी भन्छन्, ‘ यो जडान गरेपछि माइलेज बढी दिन्छ, पैसा बच्छ, पिक अप बढी हुन्छ, त्यतिमात्रै हैन इन्जिनको आयू पनी बढ्छ। इन्जिनको आवाज कम हुन्छ ।

देशले प्रप्येक बर्ष २ खर्ब ४३ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको छ, त्यसको ४० प्रतिशत बचाउन सकियो भने अन्य विकासका कार्यमा लगाउन सकिन्छ । यो उपकरणले गाडीभित्र अक्सिजन प्रदान गर्छ ।’ यस उपकरणबाट गाडीबाट निस्कने हानीकारक ग्यासले वातावरणमा परिरहेको प्रभाव कम हुने उनको दाबी छ ।

भिडियो हेर्नुहोस्

Comment from facebook

Top