समाजसेवी गैरेको श्रद्धाञ्जली सभा

एकता न्यूज / भदौ १, २०७६ - आइतवार


अर्घाखाँचीका समाजसेवी रुक्मागत गैरेको ४५ औँ दिनको पुण्य तिथीमा शोकसभा सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित श्रद्वाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यूवा तथा खेलकुद विभाग प्रमुख एवं अर्घाखाँचीका साँसद टोपबहादुर रायमाझीले स्वर्गीय गैरे राजनीति सँगै समाज सेवामा समेत कृयाशिल रहदै आएको बताउँदै उनको निधनले समाजका लागि ठूलो क्षती भएको बताए ।

गैरेले आफ्नो क्षमता अनुसार समाजमा ठूलो योगदान दिएर गएको बताउँदै नेता रायमाझीले गैरैप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरे ।

श्रद्धाञ्जली सभामा नेकपाका नेता डिलाराम आचार्यले गैरेको निधनले जिल्लाका लागि ठूलो क्षती भएको भन्दै उनले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडी बढन जरुरी रहेको बताए ।

गैरे  खिल्जीका पुराना कम्युनिष्ट नेता तथा नेकपाका सल्लाहकार समेत थिए ।

स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले दाईको निधनले परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै अगाडी बढ्ने बताए ।
भुमिकास्थान नगरपालिका ६ खिल्ली निवासी गैरेको १७ असारमा काठमाडौंमा निधन भएको थियो ।

Comment from facebook

Top