पक्राउ पुर्जी लिन नमान्दा नमान्दै गिरफ्तार भएर रवि लामिछाने

एकता न्यूज / साउन ३०, २०७६ - बिहिबार


काठमाडौं – पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विवादास्पद सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् ।

उनीसँगै युवराज कँडेल पनि पक्राउ परेको काठमाडौं प्रहरीका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।

चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई पक्रेर चितवन लैजान लागेको बताइएको छ ।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।

पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गर्नुअघि ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो बयान सार्वजनिक भएको थियो ।

पक्राउ गर्न गएकाे टाेलीले पक्राउ पुर्जी दिँदा रविले पहिले लिन मानेका थिएनन् । उनले अ‌ाफ्ना वकिल अ‌ाएपछि मात्र गिरफ्तारी दिने बताएका थिए ।

मृतक सालिकरामको मोबाइलको फोरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट तयार भएको बताइएको छ ।

सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बुझिएको छ । ती रिपोर्टहरु प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई नियन्त्रणमा लिइसकेको छ ।

ओखलढुंगा घर भएकी अस्मिताको सुरक्षा चुनौती देखिएको भन्दै उनलाई प्रहरी संरक्षणमा राखेको प्रहरीले जनाएकाे छ ।

यसअघि प्रहरीले आज दिउँसो ‘अस्मिता’ भन्ने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

अस्मितालाई दबाब दिने, अन्तर्वार्ता लिने र तनाव दिने काम बढेपछि ‘सुरक्षामा चुनौति’ देखिएकाे भन्दै उनलाई प्रहरी संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

ओखलढुंगा घर भएकी कार्की यस प्रकृतिको कार्यले प्रमाण नष्ट हुने र घटना अन्यत्रै मोडिन सक्ने देखिएपछि प्रहरीले अस्मितालाई आफ्नो नियन्त्रणमा लिएकाे थियाे ।

चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा अस्मितालाई चितवन लगेको थाहा भएको छ । तर, प्रहरीले रुकुलाई गिरफ्तार गरेकाे भनेकाे छैन । संरक्षण गरेकाे भनेकाे छ । संरक्षण गर्नका लागि काठमाडाैंबाट चितवन किन लानुपर्याे भन्‍ने प्रहरीले स्पष्ट पारेकाे छैन ।

पत्रकार पुडासैनीले चितवनकाे हाेटल कंगारूमा साउन २० मा आत्महत्या गरेका थिए ।

आत्महत्या  गर्नुअघि अस्मिता, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो बयान सार्वजनिक भएको थियो ।

फोरेन्सिक रिपोर्ट र पोष्टमार्टम रिपोर्टपछि अदालतको अनुमति लिएर थप कानुनी कारवाही अघि बढाइने प्रहरीले जनाएकाे छ ।

Comment from facebook

Top