तेजु परियारको कोशेली सारी उपहार

एकता न्यूज / साउन १५, २०७६ - बुधबार


लोक गायक तेजु परियारको तिज गित कासेली सारी उपहार बजारमा आएको छ ।

मौलिक ठेट भाकामा रहेको गीत विन्दवासिनी म्युजिकले बजारमा ल्याएकाे हाे । अनिल खनालको लय तथा शब्द रहेकाे गीतमा तेजु परियार र गायिका अनिता खत्रीकाे स्वर रहेकाे छ।

एरेन्जर आशिष अविरलले संगीत संयाेजन गरेकाे गीतमा दिपक गुरुङ्गकाे काेरीयाेग्राफ, निर्देशक दिनेश मुस्कानको छायाङ्गन रहेकाे छ भने ओम तामाङ्ग ,सरिता मगरको अभिनय रहेको छ ।

तेजु परियारका यस अघि लोक दोहोरी गितमा “तिमीले चुल्ठी बाटेकै मनपर्छ ” माया लुकाउने , “मायाले बोले हुन्थ्यो केरे ” दर्शकले अत्यधिक मन पराएका गितहरु हुन् । तीज गित भने यो उहाको पहिलो गित हो ।

गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वार्ड नं.१ दिवुङ्गमा जन्मनु भई कर्मथलो काठमाण्डौ बनाएका परीयारले गीत संगीतकाे साथै सामाजिक कार्यमा पनि सक्रिय छन् ।

यस गितले दर्शक स्रोताहरु लगायत सवै नेपालीहरुको मन छुने अपेक्षा गायक परियारको रहेको छ ।

Comment from facebook

Top