नायकवाडागाउँमा खानेपानी, चार सय घरपरिवार लाभान्वित

एकता न्यूज / असार १९, २०७६ - बिहिबार


जाजरकाेट – बर्षौदेखि शुद्ध खानेपानीको सुविधाबाट बन्चित रहेका जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका ५, नायकवाडागाउँका स्थानीयबासीले अब देखिशुद्ध खानेपानीको सुविधा पाएका छन् ।

गैरागाउँ, तोलखाना, कालाखोली, पाखा, भैलोखाना, तलकोट, साहुवाडा लगाएत गाउँका ४ सय १० घरपरिवारले प्रत्यक्ष रुपमा लाभान्वीत भएको छन् ।

पानीको सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत हुनुको साथै दैनिक घरव्यवहार चलाउन धेरै सहज भएको छ ।

३ हजार ३ सय मीटर टाढाको कलेबारी मुहानबाट पानी ल्याएपछि विकट बस्तीको समस्या समाधान भएको गाउँपालिकाले जनाएको छ ।

पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अहिले भने दैनिकी फेरीदै गएको छ ।

बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन ।

शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित वनेका स्थानीय अबदेखि मुक्ती पाउने भएका छन ।

खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको ८२ लाख आर्थिक लागत र स्थानीयको १७ लाख जन श्रमदानबाट खानेपानी निर्माण भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उक्त खानेपानीबाट ४ सय १० घरधुरिलाई पायक पर्ने गरि ३२ वटा धारा राखिएको छ ।

“खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सन्चालन गर्न स्थानीय उपभोक्ता पनि जिम्मेवार बन्नु पर्ने देखिन्छ” उनले भने ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा क्रमिक रुपमा एक घर एक धाराको नीति अवलम्बन गरिने नीति ल्याएको छ ।

“विद्यालय र स्वास्थ्य संस्थामा र वडा कार्यालयहरुमा खानेपानीको अवधारणा अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने र विकट बस्ती तथा खानेपानीका स्रोत नभएका स्थानहरु पहिचान गरी त्यस्ता वस्तीहरुलाई उच्च प्राथमिकता दिईने नीति ल्याएका छौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाई्ले भने ।

विगत बर्षमा निर्माणाधिन खानेपानी योजनाहरुलाई आ.व ०७६÷०७७ मा सम्पन्न गर्नको लागि आवश्यक व्यवस्था मिलाइने योजना रहेको गाउँपालिका अध्यक्ष शाहको भनाई छ ।

 

Comment from facebook

Top