पोर्चुगल पुगेका गुल्मेली संगठीत

एकता न्यूज / जेष्ठ १३, २०७६ - सोमवार


नेपालबाट पोर्चुगलको अलेन्तेजो जोनमापुगेका गुल्मेलीहरुले गुल्मी सेवा समाज क्षेत्रीय समिति अलेन्तेजो गठन गरेका छन् ।

गुल्मेलीहरुले प्रेम राहाडी को अध्यक्षतामा ११ सदस्यीय कार्येसमिती गठन गरेका छन् ।

समितिको बरिष्ठ उपाध्यक्ष टीका राना, उपाध्यक्ष ओम लाल तिमल्सेना, सचिब दुर्गा के.सी. सह–सचिबमा रामहरी गिरि त्यस्तै कोषाअध्यक्ष नबराज शाह रहेका छन् ।

समितको सदस्यहरुमा राम लम्साल, हेम बहादुर रायमाझी, रमेश खरेल, बिस्नु प्रसाद ज्ञवाली रहेका छन् ।

त्यस्तै सल्लाहाकारमा एनआरएनएका वरिष्ठ उपाध्यक्ष तिलर गैरे, एनआरएनए अलेन्तेजो क्षेत्रीय अध्यक्ष शिव वाग्ले, प्रकाश देवकोटा, काशिवन सन्यासी रहेका छन् ।

समितिको प्रवक्तामा केशव अर्याललाई मनोनित गरिएको छ ।

प्रभासमा रहेका दाजुभाइ दिदिबहिनीहरु मिलि यस्तो सामाजिक सस्थामा रहि विभिन्न सामजिक काममा लाग्न खोज्नु सह्रानिय काम भएको प्रमुख अथिती तिलक गैरेले बताए ।

एनआरएनए पोर्तुगलका बरिष्ठ उपाध्यक्ष तिकक गैरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राम लम्सालको स्वागत र दुर्गा केसिको सञ्लेचालनमा सम्पन्न भएको थियो ।

Comment from facebook

Top