४५ जना एसपीको सरूवा

एकता न्यूज / जेष्ठ १३, २०७६ - सोमवार


प्रहरी प्रधान कार्यालयले  ४५ जना एसपीको सरूवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आइतबारको निर्णय अनुसार १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सुचीअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकाे सचिवालयका दानबहादुर कार्की कास्की सरूवा भएका छन् ।  अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर पर्सा सरूवा भएका छन् ।

आइतबारको सरुवामा मोरङको प्रहरी नेतृत्व पनि परिवर्तन गरिएको छ। मोरङका एसपी मनोज केसीलाई प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय ल्याएर उनको ठाउँमा एसपी बिश्व अधिकारीलाई पठाइएको छ ।

सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा दानबहादुर मल्लको सरुवा भएको छ। भने चितवनका सुशीलसिंह राठौरलाई अपराध महाशाखा ल्याइएको छ ।

पाल्पामा श्यामकृष्ण अधिकारी, नवलपरासी (पश्चिम) मा लालमणी आचार्य, सुनसरीमा यज्ञविनोद पोखरेल, सिराहामा उमाप्रसाद चतुर्वेदी, काभ्रेमा जयराज सापकोटा, उदयपुरमा वीर बहादुर बुढा, सप्तरीमा मनोज यादव, नवलपुरमा मोहन पोखरेल, भक्तपुरमा सविन प्रधान, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे र कैलालीमा सुदीप गिरिको सरुवा भएको छ।

कैलालीका एसपी आभुषण तिम्सिनाको केन्द्रिय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।

त्यस्तै एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा भिम दाहाल र पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा मधुसूदन लुइँटेलको सरुवा गरिएको छ ।

Comment from facebook

Top