दर्शन ठकुरी समाज कुवेतले बृहत सांगीतिक धमाका गर्दै l

एकतान्यूज / जेष्ठ १०, २०७६ - शुक्रबार


आफ्नो पाँचौ वार्षिकोत्सवको मौका पारेर चर्चित कलाकारहरुको साथमा बृहत सांगीतिक कार्यक्रम रहने छ ।

०७ जुन २०१९ मा आयोजना गरिने पाँचौ वार्षिकोत्सव तथा सांगीतिक धमाकामा चर्चित कलाकार पल शाह, प्रताप दास, बि.बि. मल्ल तथा खेम शाहीको प्रस्तुति रहने छ।

समाजले बृहत सांकृतिक धमाकालाई ऐतिहासिक र भव्य रहने बताएको छ ।

कार्यक्रम सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघ, संस्थाका पदाधिकारी, पत्रकार, कलाकार, खेलाडी तथा कुवेतवासी नेपालीहरुलाई समाजले अपिल गरेको छ ।

०७ जुनमा इन्डीएन सेन्ट्रल स्कुल, जेलेभ, सुयुख कुवेतमा हुने कार्यक्रम दिउसो १२ बजेबदेखि शुरु हुने राजेन्द्र बमले बताए ।

Comment from facebook

Top