कुवेतमा रबि ओड र चक्र बमले धमाका मच्चाउने

एकतान्यूज / जेष्ठ ४, २०७६ - शनिबार


कुवेतमा संगठीत सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिमेली नेपाली समाजले आफ्नो दोस्रो बार्षिकोत्सवको अबसरमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा नेपाल आईडल २ का बिजेता रबी ओड र पप गायक तथा मोडल चक्र बमको सांगीतिक प्रस्तुति सहित बृहत साँस्कृतिक कार्यक्रम रहने छ ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित उक्त संस्था सामाजिक सेवामा सक्रिय छ ।

२० सेप्टेम्बर २०१९ मा आयोजना गरिने दोश्रो वार्षिकोत्सव तथा अधिवेशनमा संकलन हुने आम्दानी सामाजिक सेवाका काममा खर्च गरिने संस्थाका अध्यक्ष अमर खड्काले बताए ।

समाजले बृहत सांकृतिक धमाकालाई ऐतिहासिक र भव्य रहने बताएको छ ।

कार्यक्रम सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघ, संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा कुवेतवासी नेपालीहरुलाई समाजले अपिल गरेको छ ।

संस्थालाई क्रियाशील र मजबुत बनाउनका लागि संस्थाका संरक्षकहरु राजेन्द्र बम र विकाश सिंहको उच्च योगदान रहेको संस्थाले जनाएको छ ।

२० सेम्टेम्बरमा ब्वाइज स्काउट एसोसिएसन हल, हवालीमा हुने कार्यक्रम बिहान ११ बजेबदेखि शुरु हुने अध्यक्ष खड्काले बताए ।

Comment from facebook

Top