संगीतकर्मी बिजु बज्रको निधन

एकता न्यूज / बैशाख १५, २०७६ - आइतवार


संगीतकार बिजु बज्रको निधन भएको छ । ४८ वर्षिय बज्रको आइतबार काठमाडौंको सिभिल अस्पत्तालमा हृदयघातका कारण निधन भएको हो ।

उनी झन्डै ३ दशक देखी नेपाली संगीत क्षेत्रमा सकृय थिए ।

वि.सं. २०२८ सालमा गुल्मीको वामिटक्सारमा जन्मेका बज्र गुल्मी कलाकार समाज काठमाडौंको उपाध्यक्ष समेत थिए ।

२०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि उनी संगीत क्षेत्रमा लागेका थिए । पन्ध्र सयभन्दा बढी गीतहरुमा संगीत भरेका बज्रले थुप्रै गीतहरु रचना समेत गरेका थिए ।

समेत रहेका बज्र मूलधारको संगीत संगसगै पाश्चात्य शैलीको संगीतमा समेत दख्खल राख्ने संगितकर्मीको रुपमा चिनिन्थे ।

उनले संगीत गरेका गीतहरुमा फत्तेमान राजभण्डारीको स्वर रहेको ‘झरी परिरह्यो मनमा थामिदैन आँसु…’, सुगम पोखरेलको स्वरमा रहेको ‘तिमी म भन्दा कोसौँ टाढा छौ‘, कर्णदासको स्वरमा रहेको ‘बिस्तारै छायो आँखामा अँध्यारो‘, आगन्तुक खरेलको स्वरमा रहेको ‘कुन रङको कमी थियो र सानु‘, रेशमा सुनुवारको स्वरमा रहेको ‘मै ठुली भइछु रे‘ लगायत छन् ।

मुटुरोगबाट पीडित बज्रचार्य यस अघी अस्पातलको शैयाबाट पटक पटक मृत्‍युलाई जितेर आएका थिए ।

मृतक बज्रका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन् ।

Comment from facebook

Top