चलचित्रकाे गीत चोरेर म्युजिक नेपालकाे युट्युवमा (भिडियो हेर्नुहोस)

एकता न्यूज / बैशाख ९, २०७६ - सोमवार


अरुका गीत संगीत चोरी गरी युट्यूवमा राखेको म्युजिक नेपाल बिरुद्ध संगीत चोरीमुद्धा परेको छ ।

 

निर्माण भैरहेको चलचित्र मखमली मखमलीको गीत शिर्ष चोरी गरेर यूट्यूव च्यानलमा राखेको विरुद्धमा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा मुद्धा परेको हो ।

म्युजिक नेपालले गीतकार सावित्रा चिलुवालको गीत ‘फूल झैं’ गीत चोरेर आफ्नो युट्यूव च्यानलमा राखेको उजुरीमा उल्लेख छ ।

चिलुवालले आफूले निर्माण गर्न लागेको चलचित्र ‘मखमली मखमली’ को शिर्ष गीतको रुपमा राख्न तयारी भैरहेको गीत म्युजिक नेपालले यूट्युव च्यानलमा राखेर अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै क्षतिपूर्ति माग गरेकी छन् ।

चिलुवाको शब्द, संगीत र प्रमोद खरेलको स्वरमा प्रेयसी म्युजिकले रेकर्ड गरेको उक्त गीत पाल्चोकी म्युजिकको प्रस्तुती भन्दै म्युजिक नेपालले यूट्युवमा राखेको छ ।

म्युजिक नेपालले राखेको यूट्युवमा उक्त गीत सुनिल धितालको संगीत भन्दै राखिएको छ ।

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयले गीत चोरीको विषयमा आवस्यक अनुसन्धान र कार्वाहीको लागि महानगरीय प्रहरी परीसरलाई आग्रह गरेको छ ।

चिलुवालले आफ्नो चलचित्रको शिर्ष गीतको तयारी भैरहेको गीत चोरी गरेर यूट्युवमा राखेपछि पुनः छायांकन गर्नुपर्ने बाध्यता आइलागेकोले आफू थप आर्थिक भारमा परेको बताइन् ।

भिडियाे हेर्नुहाेस् :

 

Comment from facebook

Top