यो जवानी यस्तो बनेको छ । राजु गिरीको अत्यन्तै ग्याल्मर गीत जिस्म २ चलचित्रबाट

एकतान्यूज / बैशाख ८, २०७६ - आइतवार


काठमाडौँ – चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को पहिलो गीत रिलिज गरिएको छ । चलचित्रको गीतमा ग्ल्यामरलाई देखाएको छ ।
चलचित्र”जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लिएर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो ।
“जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् ।


राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशकलाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन् भने चलचित्रमा अनिल राइको नृत्य, बिनोद बमको सम्पादन,
योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरिले बताए ।

त्यसैगरी चलचित्र यही असार ६ गते नेपालभर प्रदर्शन हुनेछ ।

भिडियो हेर्नुहोस्

Comment from facebook

Top