लामो समयको पर्खाइपछि रञ्जिताको अभिनयमा पिरतिले रुवाउँछ

एकतान्यूज / चैत्र १७, २०७५ - आइतवार


गायिका विष्णु माझी र गायक नेत्र कडेँलको मार्मिक आवाजमा जीवनकाे भोगाईमा आधारित लोक कोशेली ”पिरतीले रुवाउँछ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द सिर्जना सुनिल केसी र गणेश अधिकारीको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएको छ ।

मायामा पिरतीले रुहाउछ भन्ने जानकारी भएकाले पिडा भुल्नको लागी गीतमा प्रेमीकाले प्रेमीलाई आग्रंह गरेकी छन ।
अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियोलाइ उत्कृष्ट बनाइएकाे छ ।

”पिरतीले रुवाँउछ ” गीतको भिडियोमा रंजिता गुरुङ र संगीत शर्माको निकै मन छुने अभिनय रहेको छ ।
”पिरतीले रुवाँउछ ” हेर्नुहोस भिडियो ।

 

Comment from facebook

Top

error: Content is protected !!