धेरैका कुरा सुनेर बेसुर बन्दै हिँडे देबेन्द्र

एकतान्यूज / चैत्र १५, २०७५ - शुक्रबार


कसैको माया प्रेमको बारेमा कुरा काटेर सम्बन्ध छुटाउने चलन हाम्रो समाजमा अझैपनि छ ।

कतिपयले समाजको कुरा सुनेर प्रेममा अविस्वास गर्दैनन् तर कतिको त्यहि समाजको कुराले मात्र प्रेम सम्बन्ध टुट्छ ।

त्यहि टुटेको माया प्रेमको विषय गीतमार्फत सार्वजनिक भएको छ ।

बरिष्ठ गायक ऋषि अधिकारीको लामो समयपछि एकल लोकगीत ‘हिन्दैछु बेसुर बनेर’ मार्फत प्रेमीको पिडा सार्वजनिक गरेका छन् ।

विन्ध्यवासिनी म्युजिकमार्फत सार्वजनिक गीतमा शब्द संगीत पनि ऋषि अधिकारीकै छ ।

उक्त गीतको म्युजिक भिडियो काजीश श्रेष्ठले निर्देशन गरेका छन् ।

अजय रेग्मीको छायांकन रहेको उक्त भिडियोमा बिनोद बमको सम्पादन रहेको छ ।

भिडियोलाई देबेन्द्र क्षेत्री र रुपा कँडेलले अभिनय गरेर कालजयी बनाएका छन् ।

भिडियाे हेर्नुहाेस् 

Comment from facebook

Top