“लाउँछ माया” मा महेन्द्र गौतम र सुरक्षा पन्तको बेजोड प्रस्तुति

एकतान्यूज / चैत्र १४, २०७५ - बिहिबार


काठमाडौँ – चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा  तथा गायिका सरिता कार्कीको आवाजमा “लाउँछ माया” बोलको गीत बिहीबार सार्वजनिक भएको छ ।

गीतमा गायिका सरिता कार्कीलाई गायक कुलेन्द्र विश्वकर्माले साथ दिएका छन् ।
शिव हमालको शब्द संगीत रहेको छ भने संगीत एरेन्ज आशिष अविरलले गरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा चर्चित मोडल तथा गायक महेन्द्र गौतम र नायिका सुरक्षा पन्तको निकै नै राम्रो अभिनय रहेको छ ।

गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् ।

 

भिडियो हेर्नुहोस्

 

Comment from facebook

Top