निर्देशकको भूमिकामा जम्दै सरोज । लिएर आए चाहेर पनि

एकतान्यूज / चैत्र ८, २०७५ - शुक्रबार


पछिल्लो समयका व्यस्त निर्देशकको रुपमा चर्चित मोडल सरोज खतिवडालाई पनि लिन सकिन्छ ।
लामो समयको अभिनयबाट खारिदै आएका सरोज केही समय यता निर्देशनमा पनि निकै जम्दै आइरहेका छन् ।

मैच्याङ गीति एल्बमको निकै मन छुने गीत चाहेर पनि मा सरोजले निकै मेहनतका साथ निर्देशन गरेको देख्न सकिन्छ ।

उक्त गीतमा राम सापकोटाको स्वर तथा शब्द रहेका पाइन्छ भने मिन गुरुङको संगीत रहेको छ ।
शम्भू चालिसेले निकै मेहनतका साथ गीतलाई छायांकन गरेका छन् र गीतलाई अझ सुन्दरता दिनका लागि
पछिल्लो समयका व्यस्त सम्पादक बिनोद बमले सम्पादन गरेका छन् ।

गीतलाई हमाल म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

 

भिडियो हेर्नुहोस् ।

Comment from facebook

Top