शील्पा खड्काको अहिलेसम्मकै दमदार भिडियो ‘तिमीलाई देखेर’, उत्तम विक्रम विष्ट र सिर्जना गुरुङको स्वरमा

एकता न्यूज / चैत्र ३, २०७५ - आइतवार


काठमाडौं – आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको ‘तिमीलाई देखेर ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अप्सरा विष्ट खड्काको शब्द तथा उत्तम विक्रम विष्टको संगीतमा ‘तिमीलाई देखेर ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन ।

यूविआइ यूविआइको निर्देशनमा रहेको तिमीलाई गीतको भिडियोमा उत्तम विक्रम विष्ट, शिल्पा खड्का, प्रियङ्का मगर , रिदिमा मगर, दिपिका अधिकारी, मनिसा लामा र प्रतिक्षाको फिचरिङ रहेको छ ।

मनोज राना मगरको छायाँकन रहेको म्युजिक भिडियो पछिल्लो सयमका व्यस्त सम्पादक विनोद बमले निकै आकर्षक रुपमा सम्पादन गरेका छन् ।

नेपाली टिपिकल शब्दको प्रयोग गरेर डान्सिङ पारामा गीतलाई प्रस्तुत गरिएको छ।

शंखमूलस्थित शंखपार्कको रमणीय स्थानमा छायांकन भएको उक्त भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास जित्नेमा आशावादी रहेको गायक विष्टले बताए।

भिडियो हेर्नुहोस्

Comment from facebook

Top