बिजुली हुकिङ गर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

एकता न्यूज / फाल्गुन ११, २०७५ - शनिबार


महोत्तरी – महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

टनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ । तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो । त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

Comment from facebook

Top