कोटेश्वर–कलङ्की सडक : चीनले पूरा गर्दा नेपालले आधामात्र बनायो

एकता न्यूज / फाल्गुन ८, २०७५ - बुधबार


काठमाडौँ – कोटेश्वर–कलङ्की सडकमा चीनले आफ्नो सम्झौता अनुसारको सडक निर्माण सम्पन्न गर्दा नेपाल सरकारले जम्मा आधा मात्र काम सम्पन्न गरेको छ । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको थियो ।
सडकको सबैभन्दा बाहिरी लेन ९सर्भिस ट्र्याक) निर्माणको जिम्मा नेपाल सरकारको भएपनि दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।

तर चिनियाँ सरकारको आर्थिक सहयोगमा चीनिया कम्पनीले निर्माण गरेको खण्ड भने निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे ।

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताए ।
अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो ।

उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । नेपाल सरकारले निर्माण सम्पन्न गरेपछि चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।

Comment from facebook

Top

error: Content is protected !!