जनयुद्ध दिवस मनाउनेबारे माधव नेपालको असन्तुष्टी

एकता न्यूज / फाल्गुन १, २०७५ - बुधबार


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताएका हुन् ।

महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीमा व्यक्तिले म सर्वेसर्वा भए जस्तै निर्णय गर्ने छुट कसैलाई नभए पनि बताए ।

जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभए पनि पार्टीले गर्ने कार्यक्रम गर्ने निर्णय लिने विधि प्रक्रिया हुने आवश्यक रहेको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गरे ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शीर्ष नेताहरुमध्ये अध्यक्ष पुष्पकमल दाहाल मात्र उपस्थित थिए भने नेपाल जनकपुर र अर्का नेता झलनाथ खनाल आफ्नै निवासमा थिए ।

Comment from facebook

Top