मलेसियाका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

एकता न्यूज / फाल्गुन १, २०७५ - बुधबार


 

काठमाडौँ– मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई बुधबार राजदुत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

Comment from facebook

Top