प्रहरी प्रदेश सरकारले चलाउँछ, सिडिओको समन्वय : गृहमन्त्री थापा

एकता न्यूज / माघ २९, २०७५ - मङ्लबार


काठमाण्डौं – गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको परिचालन प्रदेश सरकारले नै गर्ने र सीडीओले त्यसको समन्यवय गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको सोमबार संसदमा जवाफ दिँदै मन्त्री थापाले भने, ‘विखण्डनकारीहरु सल्बलाइरहेका छन् । स्वायत्तताका नाममा देश टुक्र्याउन चाहनेहरु देखापरिरहेका छन् ।’

नेपालको सीमाना खुला रहेको र स्वायत्तताका नाममा पृथकतावाद देखा परेको भन्दै मन्त्री थापाले कानुन बनाउँदा ख्याल गर्नुपर्ने र त्यहीअनुसार प्रहरी विधेयक आएको बताए ।

‘यो विधेयक राष्ट्रिय सुरक्षा, राष्ट्रिय अखण्डतासँग जोडिएको छ । राष्ट्रियतालाई सदृढ गर्न सक्छ कि सक्दैन भन्ने ध्यान दिनुपर्छ’, गृहमन्त्री थापाले भने, खुला सीमाना छ, यस्तो खुला सीमाना भएको अवस्थामा शान्ति सुरक्षा, राष्ट्रिय एकता र स्वाधीनता कानुनले व्यवस्थित गर्नुपर्ने हुन्छ ।’

गृहमन्त्री थापाले अहिलेको राजनीतिक परिस्थिति कस्तो छ भनेर भन्ने बुझुनुपर्ने बताउँदै विधेयकलाई यान्त्रिकरुपमा नलिन सांसदहरुलाई आग्रहसमेत गरे । देशको ठोस अवस्थालाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने गृहमन्त्री थापाले संसदलाई बताए ।

गृहमन्त्री थापाले देश टुक्र्याउन चाहने विखण्डनकारीहरु सल्बलाइरहेको बताए ।

Comment from facebook

Top