पहिलो पटक बालाजु जेसीजको कार्यालय स्थापना

एकता न्यूज / माघ २३, २०७५ - बुधबार


काठमाडौ-बालाजु जेसीजको नयाँ नेतृत्वले पहिलो पटक सचिवालय व्यवस्थापन तथा कार्यालय स्थापना गरेको छ । नेपाल जेसीजका उपाध्यक्ष जेसी मोहनलाल डाँगीले कार्यालयको उद्घाट्न गरेका थिए ।
महेन्द्र भण्डारीको नेतृत्वमा चयन भएको बालाजु जेसीजको पहिलो बैठकले पदस्थापना कार्यक्रमको समिक्षा गर्दै पहिलो कार्यक्रम उत्कृष्ट भएको ठहर गरेको छ । बैठकले सचिवालय हेर्ने जिम्मा कृष्णमान श्रेष्ठलाई दिएको छ । साथै जेसीजका उपाध्यक्ष राधिका खत्रीको संयोजकत्वमा दिगो विकासको अवधारणका बिषयमा सर्वसाधरणलाई सचेत गराउने उदेश्यले उपसमिति गठन गरिएको छ ।
जसको सदस्यमा जानकी पाण्डे,पुष्पराज भट्टराई,सरीता भुसाल,पार्वती घिमिरे रहेका छन् । उक्त समितिले तारकेश्वर नगरपालिका भित्र रहेका र बालाजु क्षेत्रमा रहेका विद्यालयका विद्यार्थी,सरोकारवाला निकायका व्यक्तीहरुलाई विकासलाई कसरी दिगो बनाउन सकिन्छ भनेर प्रशिक्षण दिने बताइएको छ । साथै पढाइ सकेर घरमै बसीरहेका महिलाहरुलाई मण्टेश्वरी तालिम दिएर आत्मनिर्भर बनाउनका लागि मण्टेश्वरी तालिम प्रदान गर्ने निर्णय समेत गरेको छ । त्यसका साथै महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि जनचेतना मुलक काम गर्ने पनि बताइएको छ ।
वातावरणलाई व्यवस्थित गर्नका लागि जेसी कृष्णमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । जसको सदस्यमा अमित कुमार श्रेष्ठ,राजन गुरुग,पुष्पराज भट्टराइ रहेका छन् । समितिले बालाजु क्षेत्रका चोकचोकमा फोहर संकलन गर्ने डस्विन् राख्ने र त्यसलाई उचित ठाउँमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कृषी क्षेत्रमा काम गर्नका लागि जेसी रिमा अधिकारीको संयोजकत्वमा गोविन्द खनाल,सरीता भुसाल,दिपेन्द्र भट्टराई रहेको समिति गठन गरिएको छ । समितिले कृषी,जेटिएका छोटा छोटा समय अवधिका तालिम सञ्चालन गर्ने,खुल्ला स्थानमा खेतीपाती गरीरहेका कृषकलाई टहरा बनाउन उत्प्रेरणा प्रदान गर्ने,साना थोपा सिंचाइका लागि प्राविधिक सहयोग गर्ने निर्णय गरेको छ । बालाजु जेसीजको नयाँ नेतृत्व चयन पछि पहिलो पुर्ण पदाधिकारी बैठक सम्पन्न भएको छ ।

Comment from facebook

Top

error: Content is protected !!