७५ प्रतिशत डिप्रेसनको कारक खराब हाकिम

एकता न्यूज / माघ २१, २०७५ - सोमवार


वासिंगटन – यदि तपार्इं कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने तपार्इंको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईंको कार्यालय प्रमुखले तपार्इंसँग राम्रो व्यवहार गर्छ ।

क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिब ७५ प्रतिशत कामदारहरूको डिप्रेसनको मुख्य कारण उनीहरूको हाकिम भएको खुलासा भएको छ ।

हावर्ड बिजनेस स्कुल र स्ट्यानफोर्ड विश्व विद्यालयका शोधकर्ताहरूले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोटभन्दा बढी हानिकारक हुने देखाएको हो ।

तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ ।अनुसन्धानमा भनिएको छ, ‘खराब प्रवृत्तिको हाकिमले चुरोटभन्दा बढी हानि गर्छ, तपार्इं जति दबाब दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यति तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ ।’

केही कर्मचारीहरू आफूले गर्दै आएको नोकरी जान्छ कि भन्ने पीरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ, ‘तपाईंको हाकिम राम्रो छ हरेक कुरामा सघाउछ तपाईंसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपार्इं हरेक काममा सफल बन्न सक्नुहुन्छ, तर खराब छ भने तपार्इंको भविष्य नै खतरामा पर्न सक्छ ।’

नराम्रो प्रवृत्तिको हाकिम सधैँ रिसाहा र हिंस्रक हुने जसले सधैँ ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरू यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरूसँग अहिलेसम्म नोकरी छ आफूलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिनसमेत म यहाँ भएन भने तिमीहरूले सम्पूर्ण कुरा बिगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ ।

जाडो मौसममा हुने डिप्रेसनबाट यसरी बच्न सकिन्छ ।
जाडो मौसम र डिप्रेसनबीच के सम्वन्ध होला र रु सायद तपाईं यस्तै सोच्नुहुन्छ । तर, गर्मी मौसमको तुलनामा जाडोमा धेरै मानिसहरु डिप्रेसनको शिकार हुने गरेको सत्य हो ।

के हो सिजनल एफेक्टिभ डिसअर्डर ?
यो रोगको बारेमा चिकित्साविज्ञानले सन् १९८० को दशकबाट अध्ययन थालेको देखिन्छ । तथापि यसभन्दा अगाडि पनि धेरै चिकित्सक तथा बिरामीलाई जानकारी थियो कि जाडोको मौसम सुरु हुने बितिक्कै कयौं व्याक्तिको स्वभावमा परिवर्तन देखिन थाल्छ । यस तत्थ्यको बर्णन चिकित्साविज्ञानका जन्मदाता हिप्पोक्रेटसका केही आलेखहरुमा पनि भेटिन्छ ।

स्याडलाई ‘विन्टर डिप्रेसन’ पनि भनिन्छ । विश्वमा कयौं यस्ता मुलुकहरु पनि छन् जहाँ दिन लामो तथा घामको सर्वथा अभाव नै रहन्छ । त्यस्ता मुलुकहरुमा विन्टर डिप्रेसनका रोगीहरु भेटिनु एक आमसमस्या हो । जस्तै नर्थ नोर्वे, रसियाको नर्थपोल, डेनमार्क, फिनलेन्ड, ग्रिनल्यान्ड, स्विडेनको केही भाग, जहाँ वर्षको ६ महिना रात र ६ महिना दिन हुन्छ । त्यहाँ विन्टर डिप्रेसनको समस्याबाट पिडित व्यक्तिहरु बढि भेटिन्छन् । यहि कारण त्यहाँ आत्महत्या गर्नेको संख्या सबैभन्दा बढि देखिन्छ ।

त्यसो त चिसो ठाऊँमा बस्ने मानिसहरु मात्र यो रोग लाग्छ भन्ने होइन । तातो ठाउँबाट बढि जाडो हुने ठाऊँमा आएका मानिसहरुलाई यस किसिमको समस्या हुने सम्भावना बढि हुन्छ ।

यस्तै महिलाहरुमा यो रोग लाग्ने सम्भावना पुरुषको तुलनामा बढि हुन्छ । १५ देखि ५५ वर्ष उमेर समुहका व्यक्तिहरु यस रोगबाट बढि पिडित भएको पाइन्छ । साथै, पिडित व्यक्तिको एकदम नजिक सम्पर्कमा रहने व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।

सिजनल एफेक्टिव डिसअर्डरका केहि लक्षणहरु निम्न छन्ः

क. लगातार थकान महसुस हुनुका साथै दैनिक काममा मन नलाग्नु ।
ख. मनमा नकारात्मक विचारहरु बारम्बार आइरहनु
ग. राम्रोसित राती निद्रा नलाग्नु या अत्यधिक निन्द्रा लाग्नु
घ. कार्बोहाइड्रेडयुक्त चिजहरु खान मन लाग्नु जस्तै रोटी, पास्ता, पिज्जा आदि
ङ. शरीरको तौल तीव्र गतिले बढनु

जोगिने उपाय
– आफ्नो दिनचर्या निर्धारित गर्ने
– प्रत्येक दिन योगाभ्यास, ध्यान र व्यायाम गर्ने
– खाना थोरै तर दिनको ३र४ पटक खाने । हरियो सागपात, फलफुलको जुस, माछा बढि मात्रामा खाने
– बिहान अबेरसम्म न सुत्ने
– दिउँसोको खाना ९लन्च० सम्भव भए घाममा बसेर खाने
– बिदाको दिनलाई आनन्दमय बनाउने
– कुनै पार्कमा गएर मजाले घाम ताप्ने, यदि घरमै बसेर काम गर्नु परेमा आफ्नो टेबुललाई घाम लाग्ने ठाउँमा राख्ने
(युरोपियन मुलुकहरुमा विन्टर डिप्रेसनबाट बच्नको लागि अक्टोबरदेखि फेबु्रअरीसम्म माछाको तेल भएको क्याप्सुल अनिवार्यरुपले खाने गर्छन् । शाकाहारीले भने आलसको तेलबाट बनेको क्याप्सुल खान्छन् ।०

मेडिकल उपचार
सिजनल एफेक्टिव डिसअर्डरबाट प्रभावित व्यक्तिहरुको ऊपचार लाईट थेरापीअन्तर्गत दुई प्रकारले गरिन्छ ।
क. ब्राईट लाइट ट्रिटमेन्ट
ख. दोश्रो डानसिभुलेसन

ब्राइट लाईट उपचारमा रोगीलाई लाईट बक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ । डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द प्रकाश जिऊमा लगाइन्छ । पछि बिस्तारै प्रकाश तेज हुँदै जान्छ । अर्थात् सुर्योदयजस्तै कृत्रिम वातावरण तयार पारिन्छ ।

यसवाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिइन्छ । यदि बिरामी ऊग्ररुपमा छैन भने मनोपरामर्श (काऊन्सलिङ) अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी (सीबीटी० बिधिको प्रयोग गरी उपचार गरिन्छ ।

योगाभ्यास
यसको उपचारको लागि केही आसनहरु छन्, जसको नियमित अभ्यासले निकै फाइदा पुर्‍याउनुका साथै यस समस्याबाट बाहिर ल्याउन केही हदसम्म सहयोग गर्छ । ती आसनहरुमा मेडिटेसन, प्राणायाम, अनुलोमबिलोम, कपालभाँति, भ्रामरी आदि छन् । यी आसनहरु कुनै योगगुरुको सानिध्यमा बसेर गर्नुपर्ने हुन्छ ।

Comment from facebook

Top