नेपालसँग युएईको लज्जास्पद हार

एकता न्यूज / माघ १२, २०७५ - शनिबार


युएई – युएईमा जारी एकदिवसीय सिरिज क्रिकेट अन्तर्गत नेपाल र युएईबीच दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा यूएईलाई नेपालले १४५ रनले पराजित गरेको हो ।नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा ९७ रनमा अलआउट भयो । उसका लागि कुनै पनि खेलाडि दोहोरो रन लिन सकेन् । उसका लागि महमद उस्मानले सर्वाधिक २६ रन बनाएका थिए । भने ओपनर असफाक अहमदले २० रन बनाएका थिए ।

नेपालका लागि बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । उनले सुरूवाती ६ ओभरभित्रै चार विकेट लिए । हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात थिए । उनले व्यक्तिगत पाँचौ विकेट भने १९.३ ओभरमा दशौँ विकेट लिदै नेपाललाई सानदान जित दिलाए ।

यस्तै नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । उनले एकै ओभरमा तीन विकेट लिए । १४.२, १४.३ र १४.६ ओभरम विकेट लिए । उनले सिपि सिजवानलाई १६ रन र फहाड नवाजलाई शुन्यमा आउट गरे । उनले यस ओभरकै छैटौ बलमा पनि आमिर आयातलाई शुन्यमा क्याच आउट गराए । उनले यस ओभरमा मेडनसहित ३ विकेट लिए । भने १८.५ ओभरमा अर्का विकेट लिए । यूएईका महमद उस्मानको विकेट आरिफ शेखलाई क्याच आउट गराए ।

यसैगरी नेपालका करण केसी पनि १ विकेट लिए । उनले १७.४ ओभरमा महमद असफाकलाई आउट गरे ।

एकदिवसिय श्रंखला अन्तर्गत पहिलो खेलमा ११३ रनमै अल आउट भएको नेपालले आज नेपालले सुधारियो ब्याटिङ गरेको छ । नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । ओपनर ज्ञानेन्द्र मल्लले ४४, अर्को ओपनर विनोद भण्डारी २१ रन बनाए ।

तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरी १०, पवन सरार्फ ८ रन, कप्तान पारस खड्का २१ रनमा आउट भए ।

कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । रोहितले ५८ बलमा ५५ रन बनाए । उनले ७ चौका हाने ।

करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।
यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १/१ विकेट लिए ।

रोहित पौडेल बने विश्वकै अर्धशतक बनाउने कम उमेरका खेलाडी

नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बने । उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्न सफल भए।

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए। त्यसबेला शाहिद १६ वर्ष २१७ दिनका थिए। यसैगरी, रोहित पौडेल भने आज १६ वर्ष १४६ दिनका भएका छन्।

Comment from facebook

Top