मलेसियाको कलिङ्ग भिसा आएकाहरुका लागि मन्त्रालयले बोलायो

एकता न्यूज / माघ ८, २०७५ - मङ्लबार


काठमाडौं – वैदेशिक रोजगार विभागले कम्पनीमार्फत कलिङ भिसा प्राप्त गरेका श्रमिकको विवरण माग गरेको छ ।

सोमबार एक सूचना सार्वजनिक गर्दै विभागले यस्तो माग गरेको हो । १५ दिनभित्रै सबै कलिङ भिसा  लागेका श्रमिकको सबै विवरण दिन भनेको छ ।
यसअघि व्यवसायीले मलेसियासँगको श्रम समझदारी हुनुपूर्व करिब १५ हजार जनाको कलिङ भिसा प्राप्त गरेको जनाएका छन् ।

भिसा प्राप्त श्रमिक पनि रोकेर राखिएको भन्दै व्यवसायीले जान दिन आग्रह गर्दै आएका थिए ।

Comment from facebook

Top