एकता न्यूज / माघ ६, २०७५ - आइतवार
मस्को – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान तथा रुससँगको उनको साँठगाँठको प्रमाण आफूसँग रहेको दाबी गर्ने बेलारुसकी मोडल रुसको हिरासतमा परेकी छन् ।
नात्स्या रेबका भनिने अनसतासिया वाशूकेबिचलाई थाइल्याण्डबाट मस्को लग्नासाथ बिमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई थाइल्याण्डमा यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने आरोप लागेको थियो । उनले यौन व्यवसायमा कसरी लाग्ने भनेर शिक्षा दिने गरेका कारण उनलाई धेरैले यौन गुरुको नामसमेत दिएका थिए ।
नात्स्याको वकिलले इन्स्ट्राग्राममा एक भिडियो पोष्ट गरेर उनको गिरफ्तारीबारे जानकारी गराएका हुन् । भिडियोमा नात्स्या जस्तै देखिने एक महिलालाई चार जनाले ह्विल चेयरमा हालेर लग्दै गरेको देखाइएको छ । वकिल दिमित्री जेत्सारिंस्कीको सो भिडियो रुसमा भ्रष्टाचार विरोधी अभियान चलाइरहेका एलेक्सी नावालिनीले रिट्वीट गर्नुका साथै रुसी सञ्चार माध्यमले पनि यसबारेमा समाचार दिएका छन् ।
जेत्सारिंस्कीको भनाई अनुसार २७ वर्षीया रेबका कनेक्टीङ फ्लाइट मार्फत मिन्स्क जान चाहेको भएपनि उनलाई ट्रान्जिटमा रहेकै बेलामा नियन्त्रणमा लिएर प्रहरीले लगेको हो । उनले रुसको यो कारवाहीलाई एउटा अन्तर्राष्ट्रिय स्क्यान्डल भएको बताएका छन् । रुसको गृह विभागको तर्फबाट जारी गरिएको एक वक्तव्यमा भने रेबका तथा अन्य तीन जनालाई बेश्याबृत्ती फैलाइएको आरोपमा गिरफतार गरिएको जनाइएको छ ।
रुसमा यो अपराधका लागि ६ वर्ष सम्मको जेल सजाय हुन सक्ने व्यवस्था रहेको छ । हिरासतमा लिइएका चार जना मध्येमा अलेक्ज्याण्डर किरीलोब पनि रहेका छन्, बेलारुसमा रहने उनी स्वघोषित सेक्स गुरु हुन् ।
उनी थाइल्याण्डमा रेबकाका साथमा थिए । थाइल्याण्डको एक अदालतले उनले अवैध यौन ट्रेनिङ कोर्र्श चलाएको आरोपमा १८ महिनाको काराबास सजाय सुनाएको थियो । सजाय सुनाउनुभन्दा पहिला उनीहरु ९ महिना थाइल्याण्डको जेलमा परेका थिए । यसपछि उनीहरुलाई थाइल्याण्डले प्रत्यार्पण गरेको हो ।
हिरासतको समयमा रेबका र अलेक्ज्याण्डरले अमेरिकी दूतावाससँग मद्यत मागेका थिए । उनलाई रुसमा प्रत्यार्पण हुने डर थियो । सन् २०१६को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसको भूमिका सम्बन्धी प्रमाण आफूसँग रहेको रेबकाले बताएकी थिइन् । अहिले सो विषयमा अमेरिकामा पनि विवाद भइरहेको छ । रेबकाका अनुसार यो सबुत उनलाई रुसी अरबपति ओलेग डेरिपास्कासँगको उनको चिनजानका कारण मिलेको हो । डेरिपास्काले भने उनको भनाई अस्वीकार गर्दै रेबका र किलिलोब विरुद्ध मुद्दा दायर गरेका थिए । रेबका बेलारुसकी एक मोडेल हुन् । उनी आफूलाई सेक्स गुरु भन्ने गर्छिन् ।
इन्स्ट्राग्राममा उनका करिब सवा लाख फलोअर्सहरु छन् । उनी थाइल्याण्डमा सेक्स र त्यस सम्बन्धी जोडिएका विषयमा कक्षा पनि लिन्थिन् । उनी गएको वर्ष ट्रम्पको बारेमा सनसनीपूर्ण दाबी गरेर चर्चामा आएकी थिइन् । सो समयमा उनले त्यसै विषयलाई लिएर गिरफ्तार पनि गर्न सकिने बताएकी थिइन् । नभन्दै उनलाई अहिले गिरफतार गरिएको छ । रेबका २०१६मा रुसमा आएकी थिइन् । यसबीचमा उनले थुप्रै रुसी धनाढ्यसँग सम्बन्ध पनि बनाएकी थिइन् । अर्बपति डेरीपास्कासँग उनको परिचय यसैक्रममा भएको अनुमान गरिएको छ । डेरीपास्का रुसका राष्ट्रपति भ्लादिर पुटिनको चुनावी अभियानमा पनि नजिक रहेर काम गरेका थिए ।
(बीबीसीको रिपोर्टमा आधारित)
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौ– काठमाडौंको प्रज्ञा भवनका शनिबार हुने आइएफबीबी प्रोफेसनल लिग...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं – हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं – सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं– अब सामाजिक सञ्जालमा कसैका विरुद्ध जथाभावी लेखेमा पाँच...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं– धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौं – सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको...
एकता न्यूज | फाल्गुन १, २०७५ - बुधबार
काठमाडौँ– मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे...
एकता न्यूज | माघ २९, २०७५ - मङ्लबार
ललितपुर – ललितपुरको ढोलाहिटीमा मेलम्ची खानेपानीको ट्याङ्कीका ठेकदार मृत...
© Copyright 2019 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top