नेविसंघद्धारा खुल्ला तिजगित प्रतियोगिता

हुमाकान्त पोखरेल / भदौ ६, २०७५ - बुधबार


गुल्मी । नेपाली काङ्ग्रेसनिकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले कक्षा ११ विद्यार्थीलाई स्वागत तथा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । तिज गित प्रतियोगितामा तम्घासभित्रका १३ विद्यालय सहभागि भएका थिए । जसमा रिडर्स अर्जुन आवासिय माध्यमिक विद्यालय प्रथम, महेन्द्र नमुना माध्यमिक विद्यालय द्धितिय भएका छन् । त्यस्तै गण्डगी इङ्गिस बोर्डिङ स्कूल तृतिय र रिडर्स पब्लिक हाई स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले विद्यार्थी उचाईलाई शिखरमा पु¥र्याउन विद्यार्थी एकता आवश्यक रहेको बताए । त्यसका साथै विद्यार्थीहरुका समस्याप्रति आफूहरु गम्भिर रहेको र विद्यार्थीहरुको हितको लागि गुल्मी काङ्ग्रेसले जस्तोसुकै निर्णय लिन पछि नपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पस कमिटी सभापति पुनाराम घिमिरेको सभापतित्व, जिल्ला सभापति श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला सचिवद्धय खिलध्वज पन्थी र विष्णु सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम नेविसंघ इकाई कमिटी सदस्य कमल कुँवरको स्वागत मन्तब्य तथा अर्का सदस्य गगां सिंजालीको सञ्चालनमा सम्पन्न भएको हो ।

Comment from facebook

Top