गुल्मीमा पनि मनाइयो, राष्ट्रिय युवा दिवस

हुमाकान्त पोखरेल / साउन २७, २०७५ - आइतवार


गुल्मी । आज राष्ट्रिय युवा दिवस । युवाहरुको पक्षमा काम गर्न प्रत्येक बर्षको जनावरी १८ अर्थात साउन २७ गते अन्तराष्ट्रिय रुपमा युवा दिवस मनाउने गरिन्छ । गुल्मीमा पनि जिल्ला युवा समिति र रेसुङ्गा नगरपालिकाको संयुक्त आयोजनामा युवा दिवस मनाइएको छ । कार्यक्रममा देशमा विद्यमान रोजगारीलाई नै मुख्य केन्द्रबिन्दुमा राखिएको थियो ।

समिति अध्यक्ष राजेन्द्र विक्रम कुँवरले देशको अर्थतन्त्रको करिब ३० प्रतिशत योगदान वैदेशिक रोजगारीबाट भित्रिएको रकमले हुनु दुखद पक्ष रहेको रहेको बताए । त्यसैगरि कार्यक्रममा रेसुङ्गा नगरपालिकाले आगामी पाचँ बर्षमा युवाहरुलाई दिनसक्ने रोजगारीका विषयमा पनि ब्यापक ढङ्गले छलफल तथा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रमलाई प्रध्यापक गुणनिधी शर्माले सहजिकरण गरेका थिए । पर्यटन, विक्षारोपण, फोहोरमैला ब्यवस्थापन र त्यसबाट मल बनाउने उद्योग लगायतका काम गरी रोजगारी सिर्जना सकिनेमा सहभागिहरुले जोड दिएका थिए ।

यता जिल्ला युवा समितिले पनि विभिन्न स्थानका युवाहरुलाई स्वरोजगार बनाउनको लागि काम गरिरहेको छ । उसले प्रदान गरेको बिनाधितो ऋणमार्फत अहिले जिल्लाका केहि युवा स्वरोजगारतर्फ उन्मुख भएका समितिका कम्युटर अपरेटर सन्जिवनी अर्यालले जानकारी दिइन् । युवा समितिले गत आर्थिक वर्षको असार मशान्त १८ जना युवाहरुलाई हलुका गाडीको ड्राईभिङ्ग तालिम र २८ युवाहरुलाई कम्युटर ग्राफिक्स तालिम दिलाएर प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आगमी वर्ष विभिन्न युवा लक्षित कार्यक्रमका लागि बजेट छुट्टाईएको बताए । युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवरका अनुसार केन्द्रले आगमी आर्थिक वर्षका लागि पनि स्थानिय तह मार्फत युवा स्वरोजगार र रोजगारका लागि वजेट र कार्यक्रमको ब्यवस्था गरेको छ ।

Comment from facebook

Top