झगडियाहरूले प्रधान न्यायाधीश हटाउने, यहि हो स‌ंविधान कार्यान्वयन

केशवप्रसाद भट्टराई / चैत्र २, २०७४ - शुक्रबार


मेरो मुलुकमा भ्रष्टाचारीहरूले अख्तियारका प्रमुख र झगडियाहरूले सर्वोच्च अदालतका प्रधान न्यायाधीश हटाउने स्थापित परम्परा बस्यो ! *******

लोकमानसिंह कस्ता थिए, उनलाई नियुक्ति गर्नेहरू जानुन,
दलहरू जानुन,
तर जव उनले भ्रष्टाचारमा संलग्न राजनीतिक दलका नेताहरू विरुद्ध सङ्केत दिए,
कुनै मिडिया स्वामी विरुद्ध कारवाही शुरु भयो,

दलहरू भित्र, संसदमा र सडकमा कोकोहोलो मच्चियो !
उनी हटे !
अदालत दल, संसद र सडकको सरण पर्यो , उनी हटे !

****

गोपाल पराजुली तल्लो अदालतमा न्यायाधीश हुँदै दुई तीन बढुवा पाएर सर्वोच्चका प्रधान बने !
उनको जन्म मितिमा विवाद सुनिएन !
सुशीला कार्की आएपछि त्यो विवाद उठ्यो,

विवादको औचित्य देखिएन , साम्य भयो !

कान्तिपुर र गोविन्द केसीविरुद्ध मुद्दा चले पछि गोपाल पराजुली विरुद्ध अदालत भित्र र बाहिरबाट सबै जायज –नाजायज कर्म गरियो !
फेरी कोकोहोलो मच्चियो !

पराजुली हटे !

****

अव अख्तियारका कुन माइकालालले राजनीतिक दलहरुका शक्तिशाली नेता र मंत्रीहरुले भ्रष्टाचारमा संलग्न भएमा सो विरुद्ध कारवाहीगर्ने साहश गर्लान ?

अव कान्तिपुर जस्ता शक्तिशाली मिडियाका स्वामी र पत्रकारहरुले वा गोविन्द केसी जस्ता व्यक्तिहरुले कुनै कानुन उलंघन गरेमा उनीहरू विरुद्ध कानुनी कारवाही गर्ने हिम्मत कुनै न्यायाधीशले गर्लान ?

****

दलका नेताहरू, मन्त्री, प्रधानमन्त्रीहरू, ठूला मिडियाका मालिक र पत्रकारहरू र गोविन्द केसीहरू मुलुकको कानुन, संविधान, सबै राज्य संयन्त्र भन्दा माथि छन् !

यही हो संविधानको कार्यन्वयन ! ! !

Comment from facebook

Top

error: Content is protected !!