आज राष्ट्रपति निर्वाचन हुँदै, विद्या भण्डारी दोहोरिने निश्चित्

एकता न्यूज / फाल्गुन २९, २०७४ - मङ्लबार


काठमाडौं । राष्ट्रपति चयनका लागि आजनिर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

 राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

Comment from facebook

Top