एकतापछि पनि संगठनको अध्यक्ष रञ्जित तामाङ : भण्डारी

एकता न्यूज / फाल्गुन २५, २०७४ - शुक्रबार


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेकपा (एमाले) पार्टी एकताको प्रक्रिया अगाडि बढ्दै जाँदा भातृ संगठनहरु को नेतृत्व कसले लिने भन्ने विषयमा पनि छलफल चल्न थालेको छ । अखिल९ क्रान्तिकारी० का प्रभावशालि उपाध्यक्ष तिलक राज भण्डारी ले एकतापछि पनि संगठनको नेतृत्व क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ ले गर्ने दावी गरे ।

‘अनेरास्ववियु को अध्यक्ष नविना लामा प्रतिनिधि सभाको सदस्य भईसकेपछि रञ्जित तामाङ अध्यक्ष हुने बाटो खुलेको छ’ जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा अखिल ९क्रान्तिकारी० सुनसरीले आयोजना गरेको प्रथम सहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगिता २०७४ को समापन तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै भण्डारीले भने ।

संगठनात्मक घनत्व, विद्यार्थी आन्दोलनमा क्रान्तिकारीको जवरजस्त प्रभाव, राष्ट्रियता र जनजिविका को आन्दोलनमा संगठनले लिएको नेतृत्वायी भुमिका तथा शैक्षिक एजेण्डा र स्ववियु निर्वाचनको परिणामले पनि अखिल (क्रान्तिकारी) ले नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भुमिका खेल्दै आएको उल्लेख गर्दै उपाध्यक्ष भण्डारीले दुई संगठनविचको एकताले समाजवादि शिक्षा प्राप्तिको आन्दोलन अझ प्रभावकारी हुने बताए ।

उनले समाजवाद निर्माण गर्ने आन्दोलनमा सबै क्रान्तिकारी शक्तिहरू लाई एकजुट हुन समेत अपिल गरे । २०७४ फाल्गुण १५ गते देखि संचालित उक्त प्रतियोगितामा २५ टिम सहभागी भएको र प्रतियोगितामा महेन्द्र बहुमुखि क्याम्पसका विरुद्ध धरान सिटि कलेजले ट्राईबेकरमा ४/२ गोल अन्तरले ट्रफी जित्न सफल भएको खबर आयोजक समिति तथा अखिल९क्रान्तिकारी० सुनसरी का संयोजक खेम रनपहेलीले बताए ।

Comment from facebook

Top