मदानेमा कुकुरलाई रेबिज बिरुद्दको खोप र पशुलाई कृतिम गर्भाधान

भरत चन्द / फाल्गुन १६, २०७४ - बुधबार


गुल्मी । मदाने गाउँपलिकाका कुकुरहरुलाई निशुल्क रेबिज विरुद्धको खोप अभियान संचालन गरिएको छ । मदाने गाउँपालिका पशुसेवा शाखा को आयोजनामा अभियान संचालन गरिएको हो ।

सोमबारदेखि सुरु गरिएको खोप अभियानमा हालसम्म वडा नम्बर ६ पुर्कोट दह लगायतका स्थानका एक सय भन्दा बढी कुकुरहरुलाई खोप दिएको गाउँपालिकाका पशु सेवा प्राविधिक जीवन कडेलले बताए ।

मदाने गाउँपालिकालाई रेबिज मुक्त बनाउने लक्ष्यका साथ निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मदाने गाउँपालिकाले कृतिम गर्भधान सेवापनी सुचारु भएको छ ।

पशुको नश्ल सुधार गरि उन्नत पशु उत्पादन गरी गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सो सेवा सुरु गरिएको हो । कृतिम गर्भाधानको लागि पशु कराएको १२ देखि १८ घन्टा भित्र पशु प्राविधिकलाई खबर गर्नुपर्छ ।

कृतिम गर्भाधान सुरु गरेको एक महिनामै १० ओटा पशुलाइ सफलता पुर्वक कृतिम गर्भाधान गरिएको प्राबिधिक जीवन कडेलले जानकरी दिए ।

Comment from facebook

Top