नेपाल आईडलका टप थ्री अमेरीकी नेपालीलाई मनोरञ्जन दिँदै

एकता न्यूज / माघ २६, २०७४ - शुक्रबार


टेक्सास – चर्चित रियालिटी शो नेपाल आईडल टप थ्री विजेताहरु यतिबेला अमेरीकामा विभिन्न प्रस्तुती दिईरहेका छन् । बेलायत अष्ट्रेलिया, यूएई लगायतका देशहरुमा कार्यक्रम सकेर नेपाल आईडलका विजेता बुद्ध लामा र फष्ट रनरअप निशान भट्टरार्इ र प्रताप दास अमेरीकाका विभिन्न शहरमा पुगेका हुन् ।

पछिल्लो समय नेपालीहरुको टेक्सास राज्यमा बाक्लो बसाई भएको टेक्सासका ४ ठाउँ डलास, अष्टिन र हुष्टनमा कार्यक्रम आयोजना हुने भएको हो । अस्टिनमा फेब्रुअरी १४, डलासमा १६ र ह्युष्टनमा १७ गते नेपाल आइडल लाइभ इन कन्सर्ट हुदैंछ ।

लस एन्जल्ससमा प्रस्तुति दिएर उनीहरु यही १४ तारीखमा भ्यालेण्टाईनको दिन अष्टिन पुग्ने भएका छन् । ८८४८ ले संयोजन गरीरहेको कार्यक्रम एसियन अमेरीकन रीसोर्स केन्द्रमा हुने जानकारी अायाेजक मध्येका एक भुपेन्द्र न्यौपोले जानकारी दिए ।

अमेरिकाका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिइरहेको नेपाल आइडलको टप थ्री ले यस अघि टेक्ससको सानआन्टिनिओमा भने आफ्नो प्रस्तुती देखाइसकेका छन् ।

Comment from facebook

Top