३ सय ७० जना शाखा अधिकृतले गरे देश बनाउने प्रतिवद्धता

एकता न्यूज / माघ २३, २०७४ - मङ्लबार


काठमाडौं – नेपाल सरकारको नवनियुक्त शाखा अधिकृतहरुले सार्वजनिक सेवाका गरिमा र पेशागत निष्ठा कायम राखेर सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आधारभूत प्रशासनिक प्रशिक्षणमा सहभागी शाखा अधिकृतले सधैं नागरिक र राष्ट्रको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिष्ठानमा सोमबार भएको मूल्य मान्यताप्रतिको प्रतिवद्धता कार्यक्रममा उनीहरुले  सच्चरित्रता, कानुनको पालना, पारदर्शीता र उत्तरदायित्व तथा नविनतम अवधारणा प्रवद्र्धन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले संघीयता कार्यान्वयनमा पनि आफ्नो तर्फबाट सधैं सहयोग रहने पनि बताएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा ३७० जना नवनियुक्त शाखा अधिकृतले सेवा प्रवाहबारे तालिम लिइरहेको प्रतिस्ठानका अध्ययन निर्देशक तुलसी सिग्देलले जानकारी दिए ।

Comment from facebook

Top