तपाईँको आर्थिक हैसियत फेसबुकले आफै पत्ता लगाउने

एकता न्यूज / माघ २१, २०७४ - आइतवार


एजेन्सी – अब फेसबुक प्रयोगकर्ताको आर्थिक बताउने प्रविधि ल्याउने भएका छन्। प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ ।

निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व र इन्टरनेट प्रयोगजस्ता व्यक्तिगत तथ्यांक संकलन गरेर उसको सामाजिक आर्थिक स्तरबारे अनुमान गर्ने प्रणाली बनाउन चाहेको प्याटेण्टमा उल्लेख गरिएको छ ।

फेसबुकले सुरुमा प्रयोगकर्तालाई उसको उमेर सोध्ने छ । त्यसपछि उमेरसमूह अनुसारका अन्य प्रश्नहरु पनि सोध्ने छ, जसले उसको आर्थिक हैसियत बताउन मद्दत गर्नेछन् । जस्तो कि, २० देखि ३० बर्षको उमेरको मान्छेलाई सोधिने छ, उसले कतिवटा इन्टरनेट डिभाइसहरु प्रयोग गर्छ र अनि ३० देखि ४० बर्षकोलाई सोधिने छ।

यसबाहेक फेसबुकले प्रयोगकर्ताको यात्रा इतिहास, इन्टरनेट जडित ग्याजेटको स्वामित्व, उसको शिक्षाको अबस्था लगायतका अन्य बिषयहरु पनि ट्रयाक गर्नेछ, जसको मद्दतबाट प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सजिलो हुने छ ।

Comment from facebook

Top