जापानमा भएको सवारी दुर्घटनामा १० नेपाली परे

एकता न्यूज / माघ १७, २०७४ - बुधबार


जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् ।

साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । मगर बस्न नसक्ने गरी गम्भीर घाइते भएकी छन् । उनको पहिलो चरणमा शल्यक्रिया भइसकेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै घटनामा घाइते नेपालीको हात भाच्चिएको छ भने अन्यको अनुहार, मुख, दात र खुट्टामा चोट लागेको छ । घाइते पाँचैजनाको साइतामा विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ ।

साइतामा प्रान्तको खावागोय सहरको योसिनोदाईमा रहेको आईपीएल जापान कम्पनीले फलफुल र तरकारीको प्रशोधन सम्बन्धी काम गर्छ । किवा मानव संसाधन कम्पनीले आइपीएल जापानसगँको सहकार्यमा दैनिक कामको आवश्यकता अनुसार जापानको विभिन्न स्थानबाट विदेशी नागरिक परिपूर्ति गर्दै आएको छ ।

Comment from facebook

Top