सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

एकता न्यूज / माघ ५, २०७४ - शुक्रबार


काठमाडाै‌ं –  बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ ।

सलमानखानका निकट मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोेबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि सो कुनराको जानकारी दिएका हुन् ।

उनिहरुसँगै नेपाल स्थितइ भेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्गको पनि सहभागिता रहेको थियो ।

खानको भ्रमणको विषयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिलखानले सम्बोधन गर्नेछन् ।

Comment from facebook

Top